कांग्रेस सहमहामन्त्री पदमा अजय चौरसियाको उम्मेदवारी घोषणा « Khabarhub

कांग्रेस सहमहामन्त्री पदमा अजय चौरसियाको उम्मेदवारी घोषणा


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तराई मधेश विभाग प्रमुख अजयकुमार चौरसियाले १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

तीन दशकभन्दा बढी समयदेखि कांग्रेससँग आवद्ध भई प्रत्यक्ष रुपमा पूर्णकालीन राजनीतिमा सक्रिय चौरसियाले मधेसी कोटामा सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका हुन् ।

कांग्रेसको १२औं र १३औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित चौरसिया सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिन्छन् ।

१४औं महाधिवेशनको लागि तराई मधेसमा भएको अधिवेशनमा अधिकांश महाधिवेशन प्रतिनिधि देउवा पक्षधर जितेकाले चौरसिया उत्साहित हुँदै सहमहामन्त्रीमा अघि बढेका हुन् ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ९ : ४० बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त