कांग्रेस अधिवेशन : सर्लाही-३ मा संस्थापन पक्ष हावी « Khabarhub

कांग्रेस अधिवेशन : सर्लाही-३ मा संस्थापन पक्ष हावी


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ३ मा संस्थापन पक्ष विजयी भएको छ । शुक्रवार सम्पन्न मत परिणामअनुसार क्षेत्र नम्बर ३ मा संस्थापन पक्षको प्यानल नै विजयी भएको हो ।

क्षेत्रीय सभापतिमा संस्थापन पक्षका पुण्यहरि प्रसाद घिमिरे ३९६ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी संस्थापनइतरका भिखारी रायले ३७४ मत मात्र पाए । घिमिरे तत्कालीन क्षेत्रीय सभापति समेत हुन् ।

२५ जना क्षेत्रीय महाधिवेशन प्रतिनिधिमा २४ जना संस्थापनले जितेको छ । इतरका विनोद खनाल मात्रै महाधिवेशन प्रतिनिधिमा विजयी भए ।

योसँगै सर्लाहीमा संस्थापन पक्षले दुई क्षेत्र र इतरले दुई क्षेत्रमा बाजी मारेका छन् । जिल्लाको चार क्षेत्रमध्ये एक र दुई नम्बर क्षेत्रमा इतर पक्ष र तीन र चार नम्बर क्षेत्रको मत परिणाम संस्थापनको पक्षमा आएको हो । संस्थापन र इतर पक्षको लामो टक्राव पछि क्षेत्रीय अधिवेशन सम्पन्न भएको निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए । ज्ञवाली सर्लाहीमा चौथो निर्वाचन अधिकृतको रूपमा खटिएर आएका थिए ।

सर्लाहीमा अझै चार वडामा अधिवेशन गर्न बाँकी छ । क्षेत्र नम्बर ३ मा एक वडा र ४ मा तीन वडाको विवादका कारण वडा अधिवेशनसमेत सम्पन्न हुन सकेको छैन । योसँगै जिल्लामा बाँकी प्रदेश र जिल्ला स्तरीय अधिवेशन केन्द्रीय अधिवेशन पछिमात्र हुने यस पहिला नै तय भइसकेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १० : ०० बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको