यस्तो छ कांग्रेसको १४औँ महाधिवेशन स्थल (फोटो फिचर) « Khabarhub

यस्तो छ कांग्रेसको १४औँ महाधिवेशन स्थल (फोटो फिचर)


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबार (आज) देखि सुरू हुँदै छ । महाधिवेशन स्थल भृकुटीमण्डपमा यतिबेला कांग्रेस पार्टीको झण्डा, चुनाव चिन्ह रुख अंकित र फूलमालाले सजाइएको छ ।

महाधिवेशन स्थलमा स्टेज निर्माणदेखि सिंगार्ने काम रोशन आर्टस् सर्भिसले लिएको छ । आर्टस्का प्रोपाइटर रोशन जयसवालका अनुसार स्टेज निर्माण र सिंगारको लागत ५० लाख रुपैँया जति लाग्ने भएको छ ।

आज दिउँसो एक बजे महाधिवेशनको उद्घाटन गर्ने पार्टी कार्यालयले जनाएको छ । महाधिवेशनमा देशभरबाट चार हजार ६०० जना प्रतिनिधीहरू सहभागि हुनेछन् ।

महाधिवेशनका लागि स्टेज निर्माणको काम सकिएर अहिले सजाउने काम भइरहेको छ । यस्तै, महाधिवेशन स्थल जाने विभिन्न सडकको बीचमा पनि स्वागत द्वार राखिएको छ ।

‘सुरुमा ३५ लाखमा ठेक्का लिएको हो । तर, आयोजकले पछि डिजाइनहरु थप्दै गएपछि लागत बढेको छ । अहिलेसम्मको खर्च हेर्दा ५० लाखसम्म लाग्ने देखिन्छ । थप हिसाब गर्नै पर्छ’, उनले भने ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ११ : ०० बजे

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज