सरकारले चाहेर मात्र महिला तथा लैङ्गिक हिंसा अन्त्य हुँदैन : मन्त्री घर्ती « Khabarhub

सरकारले चाहेर मात्र महिला तथा लैङ्गिक हिंसा अन्त्य हुँदैन : मन्त्री घर्ती


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- लुम्बिनी प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले लैङ्गिक हिंसा अन्त्यका लागि सबै एक जुट हुनुपर्ने बताएकी छिन् ।

मन्त्री घर्तीले सरकार एक्लैले मात्र हिंसा अन्त्य गर्न नसक्ने भएकाले सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताइन् । माथागढी गाउँपालिकाको दिव्यज्योति नमूना माविमा भएको हिंसा विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

सरकारले चाहेर मात्र महिला तथा लैङ्गिक हिंसा अन्त्य नहुने भन्दै उनले घरभित्रै हुने विविध खालका हिंसा अन्त्य गर्न सबैले सहकार्य र जिम्मेवार भएर लाग्नुपर्ने धारणा व्यक्त गरिन् ।

कार्यक्रममा माथागढी गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापा मगरले विभेद अन्त्यका लागि राज्यका हरेक संचनामा रहेको पित्तृसत्तात्मक सोच र मूल्य मान्यताको अन्त्य जरुरी रहेको बताइन् । गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले समुदायमा अझै महिला पुरुष नै हिंसामा परिरहेको हुँदा यस अभियान व्यापक रुपमा सञ्चालन गर्नुपर्ने बताइन् ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवलीले नेपाल सरकारले लैङ्गिक हिंसाको सम्बोधनका लागि नीतिगत व्यवस्थाका साथै विभिन्न कार्यक्रम तय गरेको बताए ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १ : ४१ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको