मुगुका आगलागी पीडितलाई चार लाखसम्म नगदै राहत दिने निर्णय « Khabarhub

मुगुका आगलागी पीडितलाई चार लाखसम्म नगदै राहत दिने निर्णय


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- कर्णाली सरकारले मुगुका आगलागी पीडितलाई नगद रकम राहत उपलव्ध गराउने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले क्षतिको अवस्था हेरेर २५ हजारदेखि चार लाखसम्म राहत रकम उपलव्ध गराउने निर्णय गरेको हो ।

आगालागीबाट विस्थापित भएका ८५ परिवारलाई ६१ लाख ८५ हजार रूपैयाँ राहतस्वरुप प्रदान गर्न जिल्ला प्रशासन कार्यालय मुगुलाई स्वीकृति दिएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले जानकारी दिए ।

उनकाअनुसार घरधनीसहित घरभाडामा बस्ने र व्यवसायीलाई समेत दुई किस्तामा राहत दिइनेछ ।

पूर्ण घरक्षतितर्फ १० लाखसम्म क्षति भएकाले एक लाख, ११ देखि ५० लाखसम्म क्षति भएकाले एक लाख पचास हजार, ५१ लाखदेखि एक करोडसम्म क्षति भएकाले दुई लाख, एक करोडदेखि एक करोड पचास लाखसम्म क्षति भएकाले दुई लाख पचास हजार, एक करोड ५१ लाखदेखि तीन करोडसम्म क्षति भएकाले तीन लाख ५० हजार र तीन करोडभन्दा माथि क्षति भएकाले चार लाख राहत रकम पाउने छन् ।

यस्तै, आंशिक घर क्षतितर्फ एक लाख क्षति भएकाले २५ हजार,  २७ लाखदेखि ५० लाखसम्म क्षति भएकाले ५० हजार र ५० लाखभन्दा माथि क्षति भएकाले एकमुष्ट ७५ हजार राहत पाउने प्रवक्ता विष्टले बताए ।

आगलागीबाट क्षति भएका व्यवसायीहरूतर्फ भने २० लाखसम्म क्षति भएकाले ३० हजार, २१ लाखदेखि ४५ लाखसम्म क्षति भएकाले ५० हजार, ४६ लाखदेखि ७० लाखसम्म क्षति भएकाले ७५ हजार र एक करोडभन्दा माथि क्षति भएकाले एक लाख राहत रकम पाउने छन् ।

तर, घरभाडा बस्नेलाई भने १० लाखसम्मको क्षति भएकाले २० हजार, २० लाखदेखि ५० हजारसम्म क्षति भएकाले ४० हजार र ५० लाखभन्दा माथि क्षति भएकाले ६० हजार रकम पाउने निर्णय प्रदेश सरकारले गरेको छ ।

गत २९ कार्तिकमा छायाँनाथ रारा नगरपालिका-१ को गमगढी बजारमा आगलागी हुँदा २१ घरमा क्षति पुगेको थियो । आगलागीबाट घरभाडामा बस्ने ३५, व्यवसायी २६, पूर्ण घरक्षति २० र आंशिक घर क्षति भएका चार जना विस्थापित भएको प्रदेश सरकारले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ५ : ४५ बजे

जेन-जी आन्दोलनको उपहास : सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर