‘मोदीले दिए कांग्रेस महाधिवेशन सफलताको शुभकामना’ « Khabarhub

‘मोदीले दिए कांग्रेस महाधिवेशन सफलताको शुभकामना’


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ-  भारतीय जनता पार्टीले नेपाली कांग्रेसको शुक्रबार सुरु भएको १४औँ महाधिवेशनको सफताको शुभकामना दिएको छ ।

काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्र कार्यक्रममा भाजपा नेता हर्षवर्द्धनले भाजपा अध्यक्षसहित नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शुभकामना दिएको जानकारी दिए ।

नेपाल-भारतबीच अद्भूत सम्बन्ध रहेको भन्दै उनले नेपाल संकटमा परेका बेला भारत सहयोग गर्दै आएको र आइरहने बताए ।

भूकम्प जाँदादेखि कोरोनाभाइरस संक्रमण महामारीका बेला पनि भारतले नेपाललाई सहयोग गरेको उनको भनाइ छ ।

कोरोनाभाइरसविरुद्धको खोप तुरुन्त पठाएर महामारी नियन्त्रणमा नेपाललाई भारतले सहयोग गरेको भन्दै उनले दैनिक नेपाल भारतबीचको सम्बन्ध झनै घनिष्ट बन्दै गएको बताए ।

हर्षवर्द्धनले कांग्रेसको यो महाधिवेशनमा धेरै पूर्वप्रधानमन्त्री उपस्थित भएको देख्न पाउँदा खुसी लागेको बताए ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ३ : १५ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी