दैनिक ४० सरकारी सवारीले लिन्छन् इम्बोस्ड नम्बर प्लेट « Khabarhub

दैनिक ४० सरकारी सवारीले लिन्छन् इम्बोस्ड नम्बर प्लेट


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले गत साउनमा शुरु गरेको इम्बोस्ड नम्बर प्लेट लिने सरकारी सवारीसाधनको सङ्ख्या दैनिक ४० हाराहारीमा रहेको छ । आगामी फागुनसम्ममा सबै सरकारी सवारीसाधनले सो नम्बर प्लेट लिनुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

गत महिनासम्ममा पाँच हजार ३०० सवारीसाधनले सो नम्बर प्लेट लिइसकेको विभागका निर्देशक रामचन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार केही समययता सरकारी साधनमा इम्बोस्ड नम्बर प्लेट लिने क्रम बढिरहेको छ । अन्तिम म्याद नजिकिएकाले यो सङ्ख्या अझै बढ्ने उनले बताए । उनले भने, “कोरोनाका कारण प्रगति कम भए पनि अब सङ्क्रमण कम भएकाले विस्तारै बढ्न सक्छ ।”

सरकारले इम्बोस्ड नम्बर प्लेट लिन सरकारी सवारीसाधनका लागि विभागमा जाने व्यवस्था मिलाएको छ । निजी चारपाङ्ग्रे सवारीसाधनलाई टेकुस्थित भेहिकल फिटनेस सेन्टर र मोटरसाइकलका लागि गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा जानुपर्ने छ । निजी सवारीसाधनमा इम्बोस्ड लिनेको सङ्ख्या अझै कम रहेको विभागले जनाएको छ । विभागले यसको प्रयोग बढाउन नयाँ दर्ता हुने सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको उनले बताए ।

प्रगति कम भइरहेमा यो लटसम्म वा यो मितिसम्म लिनुपर्छ भनी अनिवार्य गरिने तयारी भइरहेको उनले बताए । उनले भने, “यो मितिसम्म गर्नुपर्छ भनेर मात्रै धेरैले गर्नेछन् ।” भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले गत साउन १० मा यसको वितरण शुरु गरेका थिए।

सरकारले डिजिटल प्रविधिमा गएर स्मार्ट कार्डका रुपमा रहेको सो नम्बर प्लेट देशभरका सबै सवारीसाधनमा वितरण गर्ने योजना बनाएको छ । सवारी धनीले सो नम्बर प्लेटका लागि तोकिएको बैंकमा राजश्व बुझाउनुपर्ने विभागले जनाएको छ । दुईपाङ्ग्रे सवारीसाधनका लागि रु दुई हजार पाँच सय, चारपाङ्ग्रे साना तथा मझौला सवारीका लागि रु तीन हजार दुई र ठूला सवारीका लागि रु तीन हजार ६०० राजश्व जम्मा गर्नुपर्नेछ ।

सवारीको कर चुक्तासम्बन्धी अद्यावधिक कागजात, नम्बर प्लेटवापतको रकम जम्मा गरेको बैंक भौचर र अनलाइन फाराम भरेको प्रिन्ट गरिएको कागजात तोकिएको कार्यालयमा जम्मा गर्नुपर्ने बताइएको छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ६ : ३३ बजे

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई

करेन्ट लागेर एक जनाको मृत्यु

मान्म– कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा १५ वर्षीय बालक महाकालीमा बेपत्ता

दार्चुला– दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता

बारा कांग्रेसमा भुइँचालो : फरमुल्लाहलाई असहयोगपछि जिल्ला सभापतिसहित १६ नेतामाथि कारबाही सिफारिस

काठमाडौं- गत फागुन २१ गतेको चुनावमा पराजय भोगेसँगै नेपाली कांग्रेस