सेनाको एकीकृत पदयात्रा टोली आज बिहान जंगीअड्डामा « Khabarhub

सेनाको एकीकृत पदयात्रा टोली आज बिहान जंगीअड्डामा


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोरखादेखि काठमाडौँसम्मको विजय अभियानको क्रममा गोरखा सेनाले प्रयोग गरेका मार्गहरूमा एकीकृत पदयात्रा गर्दै ४० जना नेपाली सेनासहितको पदयात्रा टोली हनुमानढोका आइपुगेको छ।

आज पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसमा हनुमान ढोकादेखि तराई, मधेस, पहाड, हिमाल र काठमाडौं उपत्यकाको विशिष्ट संस्कृति झल्किने झाँकी, बाजागाजासहित उक्त टोली सैनिक मुख्यालय जंगीअड्डा जाने छ।

सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले एकीकृत पदयात्रा कार्यक्रममार्फत नेपाल एकीकरणसँगै राष्ट्रिय एकता र सैनिक इतिहासबारे जानकारी दिने कार्यक्रम गरिँदै आएको बताए।

पदयात्रामा पृथ्वीनारायण शाहले स्थापना गरेका नेपाली सेनाका पाँच वटा कम्पनीहरू श्रीनाथ, पुरानो गोरख, कालिबक्स, बर्दाबाहिनी र सबुजको टोलीसँगै सर्वसाधारण र विद्यार्थीहरू सहभागी छन्।

सैनिक प्रवक्ता पौडेलले ती पाँचवटै कम्पनीको निशान, ज्वाला ‘टर्च’ सँगै नेपालको झण्डा पदयात्रामा सहभागी हुनेहरूले बोकेका छन्।

उक्त टोलीले यही पुस २१ गते गोरखा दरबार क्षेत्रबाट पदयात्रा सुरू गरेको थियो। टोली धादिङ, नुवाकोट र शिवपुरी हुँदै हनुमानढोकामा आइपुगेको हो।

नेपाली सेनाको स्थापना गर्न पृथ्वीनारायण शाहको महत्त्वपूर्ण भूमिका मानिने गरिन्छ। उनै पृथ्वीनारायणसँग नेपाली सेनाको इतिहास जोडिएको छ।

सोही कारण नेपाली सेनाले नेपाल एकीकरणको इतिहास र सैनिक इतिहासबारे नयाँ पुस्तालाई थाहा दिँदै तत्कालीन गोरखा सेनाले काठमाडौं उपत्यकासम्मको विजय यात्राको क्रममा प्रयोग गरेका मार्गहरूको पर्यटकीय दृष्टिले विकासका लागि सघाउन पुर्‍याउने उद्देश्यले एकीकृत पदयात्रा गरिँदै आएको सैनिक प्रवक्ता पौडेलले बताए।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ७ : २८ बजे

भन्सार छलेर ल्याइएका सामान बरामद

सुदूरपश्चिम– कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सुदूरपश्चिम– सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त

हरि ढकाललाई राजेश हमालको जवाफ,‘इतिहासको महत्त्व मेटाउनु भनेको भावी पुस्तालाई दिशाहीन बनाउनु हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले देशको प्रमुख

लिग–२ मा खराब प्रदर्शनसँगै रोहितको कप्तानी खोसियो, चार वर्षपछि सन्दीपलाई जिम्मेवारी

काठमाडौं- रोहित पौडेललाई हटाउँदै नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय

गठेमंगलको सामान किनमेल गर्दै नेवार समुदायका मानिस (तस्बिरहरू)

काठमाडौं- काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन मनाउने