यस्ता छन् पृथ्वीनारायण शाहका दिव्य उपदेश | Khabarhub Khabarhub

यस्ता छन् पृथ्वीनारायण शाहका दिव्य उपदेश


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काडमाडौँ– आज २९९ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइँदैछ । नेपाल एकीरणका प्रणेता शाहको स्मरणमा हरेक पौष २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइन्छ ।

यसैबीच पूर्वराज ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताका लागि एकताको गाँठो बलियो बनाउनुपर्ने बताएका छन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यसको औचित्य हिजो थियो, आज छ र भविष्यमा पनि रहने बताएका छन् ।

उनले राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हीतलाइ केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका निर्वाह गरेको स्मरण गर्दै संवैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार गरेको उल्लेख गरेका छन् ।

विसं १७७९ पुस २७ गते जन्मिनुभएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले जनताको साथ र सहयोग लिँदै मुलुकभित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका ससाना राज्यलाई एकीकरण गर्न सफलता हासिल गरेका थिए ।

नेपालको भूअवस्थितिको आत्मबोध गरेका पृथ्वीनारायण शाहले राष्ट्रलाई सुदृढ र समृद्ध बनाउन तथा मुलुकको अविच्छिन्न एकतालाई बलियो बनाइराख्न सदा स्मरणीय सन्देश छाडे गएका छन् ।

उनका दिव्यउपदेशले राष्ट्रिय आत्मनिर्भरता हासिल गर्नका लागि आवश्यक सीप र क्षमता विकास गर्नुपर्ने खाँचोलाई दर्शाएका छन् ।

पृथ्वीनारायण शाहले सुरू गरेको एकीकरण अभियानले नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो। नेपाल अंग्रेज युद्धपछि सुगौली सन्धिसम्म यो भूभाग नेपालको अधिनमा थियो।

राष्ट्रनिर्माता शाह पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए। पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।

यस्ता छन् उनका दिव्य उपदेश

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ८ : ०९ बजे

नेपाल आयल निगमले रुपन्देहीमा प्रादेशिक इन्धन डिपो निर्माण गर्ने

काठमाडौं– नेपाल आयल निगमले रुपन्देहीमा अत्याधुनिक सुविधा सम्पन्न प्रादेशिक इन्धन

जापान सरकारको ३० अर्ब आठ करोड रुपैयाँ ऋण स्वीकार

काठमाडौं– सरकारले जापान सरकारबाट प्राप्त हुने करिब ३० अर्ब आठ

सरकारले बालबालिकालाई खुवाउन लागेको आयुर्वेदिक थोपा के हो ?

आधुनिक चिकित्सा विज्ञानको सुरुवातसँगै ओझेलमा परेको हाम्रो पौराणिक आयुर्वेदिक उपचार

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका करार कर्मचारीलाई निकालिएपछि संगठनको आपत्ति, तत्काल काममा फर्काउन माग

काठमाडौं- अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (नयाँ बानेश्वर) र गोदावरीस्थित सनराइज सम्मेलन

व्यासको चिस्यान केन्द्रमा निःशुल्क आलु भण्डारण

तनहुँ– जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा निर्माण गरिएको चिस्यान केन्द्रमा