कृषि कर्ममा रमाउँदै माओवादी नेता सुवेदी « Khabarhub

कृषि कर्ममा रमाउँदै माओवादी नेता सुवेदी



तनहुँ– माओवादीका नेता बाबुराम सुवेदीले पशुपालन गर्न लागेको झण्डै तीन वर्ष पुग्यो । तनहुँको शुक्लागण्डकी नगरपालिका ८ मुलपानीका सुवेदी पछिल्लो समय मोहन वैद्य निकट माओवादीको केन्द्रीय नेता छन् ।

माओवादी शान्ति प्रक्रियामा आएको लामो समयसम्म पनि राजनीतिमा कुनै उपलब्धि नदेखेपछि उनी कृषि कर्म रोजे । तीन वर्षअघि भारतको गुजरात पुगेर उनले नौ वटा भैंसी ल्याएका थिए । झण्डै २० लाखको प्रारम्भिक लगानीमा भैंसीपालन ब्यवसाय गरेका उनको अहिलेसम्म झण्डै एक करोड लगानी पुगिसकेको छ ।

साना ठूला गरी सुवेदीको गोठमा अहिले ३० वटा भैंसी छन् भने दैनिक ८० देखि १०० लिटर दूध उत्पादन भइरहेको उनी बताउँछन् । सुवेदीलाई आफ्ना परिवारका सदस्यहरुले पनि साथ दिइरहेका छन् । दुई भाई जुम्ल्याहा छोराहरुले दूध दुहुनेदेखि बजारमा लगेर बेच्ने समेत काम गर्छन् ।

बाबुराम सुवेदी

दैनिक पोखरा लगेर दूध बिक्री

तनहुँको दुलेगौंडा बजारदेखि झण्डै तीन किलोमिटर पश्चिम सेतीनदीको किनारमा सुवेदीको ढोरफिर्दी कृषि फर्म प्रालि छ । पोखराबाट ३५ किलोमिटर टाढा पर्ने मुलपानीबाट दैनिक पोखरा लगेर सुवेदीले दूध बिक्री गर्छन् ।

बिहान ५ नबज्दै उनको दूध पोखरामा लगेर पनि बिक्री भइसकेको हुन्छ भने बेलुका ४ बजे नै पोखरामा दूध पुर्याउँछन् । नजिकैको बजार दुलेगौंडामा भन्दा पोखरामा पुर्याएपछि दूधको मूल्य पनि राम्रो पर्ने भएकाले पनि उनी पोखरा लगेर दूध बेच्ने गरेका हुन् ।

नाम अनुसारकै पानी

साविकको ढोरफिर्दी गाविसको मुलपानीमा पानीमा मुहानै छ भन्दा फरक पर्दैन । ठाउँ ठाउँमा पानीका मुल फुटेका छन् । त्यसैले होला, यो ठाउँको नाम पनि मुलपानी भएको छ । प्रशस्त मात्रामा पानीको मुल फुट्ने भएकाले सिँचाइका लागि पनि कुनै समस्या छैन ।

न त बोरिङ खन्नुपर्ने समस्या न त सिँचाईको अन्य कुनै ब्यवस्था गर्नुपर्ने झन्झट । भिरालो जमिनमा उम्रिएको पानीले गोठमा मात्र नभई सिँचाइलाई पनि प्रशस्त पुगेको छ ।

पशुपालनसँगै मत्स्यपालन

तीन वर्षदेखि भैंसीपालन ब्यवसाय थालेका उनीले गत चैतदेखि माछापालन पनि शुरु गरेका छन् । मुलपानीको पानीले भैंसीगोठ र घाँसबारीदेखि माछापोखरीलाई पनि पनि पुगेको छ ।

पशुपालन ब्यवसायबाट सोँचेजस्तो आम्दानी नभएपछि उनले माछापोखरी खनेका हुन् । उनको अहिले ५ वटा माछापोखरी छ । व्यवस्थित गरेर तयार पारिएको पोखरीमा पालेको माछाले उत्पादन दिन थालेपछि उनी माछाबाट भने निकै सन्तुष्ट देखिन्छन् ।

झण्डै दुई विगाहा क्षेत्रमा घाँस उत्पादन गरेका उनले अरु एक विगाहा क्षेत्रफलको जग्गामा बहुवर्षे घाँस सुपर नेपियर लगाउने योजना बनाएका छन् ।

पशुपालनसँगै मत्स्यपालन ब्यवसाय शुरु गरेका उनले ब्यवसायिक तरकारी खेति पनि गर्ने योजना बनाएका छन् । लामो समय राजनीतिक पेशामा लागेका उनले कृषि कर्मबाट नै भविष्य खोज्न थालेका छन् ।

मलुकको समृद्धिको कुरा गर्ने अन्य राजनीतिक पार्टीका नेताहरुले कृषि क्षेत्रलाई नै समृद्धिको आधार मान्ने गरेका छन् । तर राज्यले कृषि क्षेत्रमा भने केही पनि गर्न नसकेको उनको गुनासो छ ।

पछिल्लोसमय सुवेदीजस्तै लामोसमय युद्ध लडेका माओवादी नेता कार्यकर्ताहरु कृषि कर्ममा रमाउन थालेका छन् । पूर्वमन्त्रीसमेत भइसकेका माओवादीका नेता लोकेन्द्र बिष्टमगरले पनि दाङ्मा ड्रागनफलको खेति गरेर चर्चाको शिखरमा छन् ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १० : ३० बजे

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था,

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी