नेकपा ओली समूहमा थपिए केन्द्रीय सदस्य, अब केन्द्रीय कमिटी १ हजार ५०१ सदस्यीय « Khabarhub

नेकपा ओली समूहमा थपिए केन्द्रीय सदस्य, अब केन्द्रीय कमिटी १ हजार ५०१ सदस्यीय


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको ओली समूहले फेरि केन्द्रीय कमिटी विस्तार गरेको छ । विस्तारित केन्द्रीय कमिटी अब १ हजार ५०१ सदस्यीय पुगेको छ ।

पार्टी विभाजनको स्थितिमा पुगेपछि विधान संशोधन गर्दै १ हजार १९९ सदस्यीय केन्द्रीय कमिटी बनाएका ओलीले पुनः केन्द्रीय सदस्य थपेका हुन् ।

पुस ९ मा सकिएको केन्द्रीय कमिटी बैठकले नै विधानमा दोस्रो पटक संशोधन गर्दै केन्द्रीय कमिटी संख्या बढाएको हो ।

‘केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई पटक नेकपाको अन्तरिम विधान २०७५ दोस्रो र तेस्रो संशोधन गरेको छ । यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १ हजा ५ सय १ सदस्यीय भएको छ’, अन्तरपार्टी निर्देशिका (अपानि) मार्फत केन्द्रीय कमिटी सदस्य संख्या १५०१ पुगेको जानकारी दिएको छ ।

ओलीले प्रथम अध्यक्षको अधिकार प्रयोग गर्दै केन्द्रीय कमिटीमा मनोनयन गरेको अपानिमा उल्लेख गरिएको छ ।

पार्टी विभाजनलाई प्रोत्साहन गरेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकारी अधिकार खोसिएको अपानिमा भनिएको छ । अब अब सम्पूर्ण अधिकार ओलीमा रहेको पनि अपानिमा उल्लेख छ ।

केन्द्रमा जस्तै मातहतका कमिटीको संख्या पनि बिस्तार गर्न निर्देशन दिँदै तत्काल कसैलाई कमिटीबाट नहटाउने तर आवश्यकता अनुसार कमिटीमा बढीमा शतप्रतिशतसम्म सदस्य मनोनयनको गृहकार्य गर्न भनिएको छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १० : ०८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल