नेकपा ओली समूहमा थपिए केन्द्रीय सदस्य, अब केन्द्रीय कमिटी १ हजार ५०१ सदस्यीय | Khabarhub Khabarhub

नेकपा ओली समूहमा थपिए केन्द्रीय सदस्य, अब केन्द्रीय कमिटी १ हजार ५०१ सदस्यीय


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको ओली समूहले फेरि केन्द्रीय कमिटी विस्तार गरेको छ । विस्तारित केन्द्रीय कमिटी अब १ हजार ५०१ सदस्यीय पुगेको छ ।

पार्टी विभाजनको स्थितिमा पुगेपछि विधान संशोधन गर्दै १ हजार १९९ सदस्यीय केन्द्रीय कमिटी बनाएका ओलीले पुनः केन्द्रीय सदस्य थपेका हुन् ।

पुस ९ मा सकिएको केन्द्रीय कमिटी बैठकले नै विधानमा दोस्रो पटक संशोधन गर्दै केन्द्रीय कमिटी संख्या बढाएको हो ।

‘केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई पटक नेकपाको अन्तरिम विधान २०७५ दोस्रो र तेस्रो संशोधन गरेको छ । यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १ हजा ५ सय १ सदस्यीय भएको छ’, अन्तरपार्टी निर्देशिका (अपानि) मार्फत केन्द्रीय कमिटी सदस्य संख्या १५०१ पुगेको जानकारी दिएको छ ।

ओलीले प्रथम अध्यक्षको अधिकार प्रयोग गर्दै केन्द्रीय कमिटीमा मनोनयन गरेको अपानिमा उल्लेख गरिएको छ ।

पार्टी विभाजनलाई प्रोत्साहन गरेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकारी अधिकार खोसिएको अपानिमा भनिएको छ । अब अब सम्पूर्ण अधिकार ओलीमा रहेको पनि अपानिमा उल्लेख छ ।

केन्द्रमा जस्तै मातहतका कमिटीको संख्या पनि बिस्तार गर्न निर्देशन दिँदै तत्काल कसैलाई कमिटीबाट नहटाउने तर आवश्यकता अनुसार कमिटीमा बढीमा शतप्रतिशतसम्म सदस्य मनोनयनको गृहकार्य गर्न भनिएको छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १० : ०८ बजे

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी

परराष्ट्र मन्त्रालयले भन्यो : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न अङ्ग हो

काठमाडौं – नेपाल सरकारको परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै