दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते | Khabarhub Khabarhub

दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुनसरी र चितवनमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

सुनसरीको इटहरी–१७ मा बुधबार सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–९ का ५४ वर्षीय राजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

को १ क ३४११ नम्बरको टिप्परले को ३८प ५७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

सोही टिपरले को३५प ७६१० नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ बेलबारी–८ का ३८ वर्षीय होमनाथ बाँस्कोटा र पछाडि सवार इटहरी–८ का ३७ वर्षीय नगेन्द्र अधिकारी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

यस्तै चितवनको खैरहनी नगरपालिकामा भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा कालिका नगरपालिका–५ का २२ वर्षीय सुरेश चौधरी रहेका छन् ।

पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका–१ तरकारी चोकमा लोथरबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख १७४० नम्बरको बसमा सोही दिशाबाट आइरहेको ना५९प ८७७ नम्बरको मोटरसाईकल आज बिहान ठक्कर खाएको थियो ।

ठक्करबाट घाइते मोटरसाइकल चालक चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा कालिका नगरपालिका–५ का ३१ वर्षीय सुनिल चौधरी रहेका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

घाइते चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर खाने दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ९ : १५ बजे

माओवादी र एकीकृत समाजवादी मधेस सरकारबाट बाहिरिँदै

जनकपुरधाम– मधेस सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी

हनुमन्तेको बाढीले डुबान, उच्च सतर्कता अपनाउन आग्रह

भक्तपुर– लगातारको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी

हिन्दी भाषाको प्रवर्द्धन गर्न भारतको ११ लाख डलर योगदान

काठमाडौँ– संयुक्त राष्ट्रसंघमा हिन्दी भाषाको प्रवर्द्धन गर्न भारतले ११ लाख

थाइल्याण्ड र भारतका सेनाको ‘मैत्री’ सैन्य अभ्यास सुरु

 काठमाडौँ– थाई सेनासँग भारतीय सेनाले संयुक्त सैन्य अभ्यास सुरु गरेको

विभिन्न पाँच सडकखण्ड अवरुद्ध, वीरगञ्ज डुबानमा

 काठमाडौँ– अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडकखण्ड