हुम्लामा १२ घण्टासम्म लोडसेडिङ, स्थानीयवासी आन्दोलित « Khabarhub

हुम्लामा १२ घण्टासम्म लोडसेडिङ, स्थानीयवासी आन्दोलित


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लामा दैनिक १२ घण्टासम्म लोडसेडिङ  हुन थालेपछि स्थानीयवासी आन्दोलित भएका छन् ।

हुम्लाको सदरमुकाम सिमकोटमा दिनको तीन पटकसम्म गरेर १२ घण्टाभन्दा बढी विद्युत कटौती भएपछि स्थानीयवासीले विद्युत् कार्यालय घेराउ गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाले चरम लापरबाही गरेको भन्दै सिमकोट गाउँपालिका–६ का स्थानीय महिलाले विद्युत् कार्यालयमा पुगेर कार्यालय घेराउ गरेका हुन् ।

दिउँसो केही समय विद्युत् आपूर्ति भए पनि ४ बजेदेखि राति १० बजेसम्म सँधैजसो नै विद्युत कटौती हुने गरेको स्थानीयको गुनासो छ ।

विद्युत् समयमै उपलब्ध नहुँदा विद्यार्थी र वृद्धवृद्धालाई बढी समस्या भएको स्थानीय महिला हंसकला रोकायाले बताइन् ।

लामो समयको लकडाउनपछि बल्लतल्ल विद्यालय जान पाएका विद्यार्थीलाई विद्युत् कटौतीको मारले विद्यालयमा शिक्षकले दिएको गृहकार्य गर्न बाधा पुगेको स्थानीयवासी उमाकला रावतले गुनासो गरिन् ।

दिउँसोदेखि राति १२ बजेसम्म विद्युत् भार कटौती हुँदा समस्या बनाएको अर्का स्थानीयवासी सुन्तला रावतले बताए ।

नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाको मुहानमा पानीको स्रोत कम भएपछि सेवाग्राहीले विद्युत् भार कटौतीको मार खेप्नुपरेको निमित्त कार्यालय प्रमुख राजकुमार बोहराले बताए । – रासस

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ९ : ३० बजे

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ