पक्राउ पूर्जीबिना प्रहरी कार्यालय नजाने रामकुमारी झाँक्रीको अडान « Khabarhub

पक्राउ पूर्जीबिना प्रहरी कार्यालय नजाने रामकुमारी झाँक्रीको अडान

झाँक्री निवासमा कार्यकर्ताको भीड


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले पक्राउ पूर्जीविना प्रहरीकोमा नजाने अडान लिएकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएकोमा उनले पक्राउ पूर्जीविना नजाने अडान लिएकी हुन् ।

‘राजनीतिक मुद्दाका साथ सडकमा लडिरहेका छौं, प्रतिवाद गर्छौं,’ उनले निवासमै पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै भनिन्, ‘पक्राउ पूर्जी लिएर आउनुस् अनि मात्र जान्छु भनेको छु ।’

ओली र भण्डारीको प्वाँख पलाएको पनि उनले बताइन्। ‘तानाशाहहरु ढल्नेबेला यस्तै हुन्छ, प्वाँख पलाउँछ यो त्यही भएको हो’, उनले थपिन्, ‘प्रधानमन्त्रीले प्रतिगमन गर्नुभयो । त्यसको मतियार राष्ट्रपति हुनुभयो भनेर हामी त सडकमा लडिरहेका छौँ नि, मैले बोलेको कुरा सानो कुरा हो । यसलाई ठूलो मुद्दा बनाइयो।’

आफ्नो घर बाहिर प्रहरी आउँदा यो व्यवस्था नै खोसिएको जस्तो अनुभूति गरेको उनले । गणतन्त्रको प्रतीकहरुले राजतन्त्रकालीन भद्दा अभ्यास गरेको आरोप लगाउँदै उनले भनिन्, ‘गणतन्त्रका प्रतीकले राजतन्त्रकालीन अभ्यास गरे,  त्यसैको परिणाम हो अहिलेको घटना ।’

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि झाँक्रीलाई लिन प्रहरी पठाएको सूचना सार्वजनिक भएलगत्तै उनको निवासमा कार्यकर्ताको भीड लागेको छ ।

महानगरीय अपराध महाशाखाको सादा पोशाकको प्रहरी टोली पक्राउका लागि उनको निवासमा पुगेपछि सर्मथकहरु‍ले  अहिले पनि शंखमुलस्थित उनको निवासमा सरकारविरोधी नारा लगाएका छन् ।

गोरखाको एक कार्यक्रममा नेकपा दाहाल- नेपाल पक्षकी नेतृ तथा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे टिप्पणी गरेकी थिइन्।  त्यस टिप्पणीलाई लिएर अखिल नेपाल महिला संघ (अनेमसंघ)ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै झाँक्रीलाई पक्राउ गरी कारबाही माग गरेको थियो।

बुधबार काठमाडौँमा भएको दाहाल-नेपाल समूहको कार्यक्रममा पनि उनले राष्ट्रपति भण्डारीको चर्को आलोचना गरेकी थिइन् ।

 

 

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १२ : ३१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको