अध्यागमनले भन्यो – भिजिट भिसाको विषय निर्णय भएको छैन « Khabarhub

अध्यागमनले भन्यो – भिजिट भिसाको विषय निर्णय भएको छैन


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अध्यागमन विभागले नेपाली महिलालाई भिजिट भिसामा जाँदा परिवारका सदस्य तथा स्थानीय तहको सिफारिस चाहिने विषय सत्य नभएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभागले एक विज्ञप्ति जारी गर्दै विभागले भनेको छ, ‘विभागको आन्तरिक कार्यविधिमा संशोधन गरी पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा नेपाली महिलाहरु भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीयतहको सिफारिसको आवश्यक पर्ने गरी निर्णय हुन लागेको भन्ने विभिन्न सञ्चार माध्यममा आएका समाचारहरुका सम्बन्धमा यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।’

समाचारमा आएजस्तो विषय नभएको भन्दै अध्यागमन विभागले विज्ञप्तिमा लेखेको छ, ‘यो विषय समाचारमा आएको जस्तो नभइ खाडी र अफ्रिकी मुलुक जस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलो पटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राको बारे सामान्य जानकारी समेत नभएका महिलाहरुका लागि आवश्यक पर्न सक्ने गरी आन्तनरिक छानबिन कार्यदलका सुझावहरुका रुपमा आएको विषय भएको र कुनै निर्णय नभएको तथा अनौपचारिक रुपमा छलफलमा रहेको विषयमा बारे आम जनमानसहरु कुनै भ्रममा नपर्न अनुरोध गरिन्छ ।’

विज्ञप्ति हेर्नुहोस्

यो पनि पढ्नुहोस्

महिलालाई विदेश जान नियन्त्रण गर्ने सरकारी प्रयास

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १२ : ३८ बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी