प्रहरी पक्राउ गर्न आएपछि झाँक्रीको टिप्पणी : प्रधानमन्त्री र राष्ट्रपतिको अन्त्यको दिन आएछ « Khabarhub

प्रहरी पक्राउ गर्न आएपछि झाँक्रीको टिप्पणी : प्रधानमन्त्री र राष्ट्रपतिको अन्त्यको दिन आएछ


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा दाहाल-नेपाल समूहकी अध्यक्ष रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको अन्त्यको बेला आएको बताएकी छन्।

आफूलाई पक्राउ गर्न शंखमुलस्थित घरमै अपराध महाशाखाको टोली आइपुगेपछि उनले पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध फेरि कडा टिप्पणी गरिन् ।

उनले भनिन्, ‘तपाईंहरुलाई थाहै छ नि ! राष्ट्रपतिको भूमिकाप्रति कोही पनि सन्तुष्ट छैनन्। कानुनले नगर्नु भनेका बाहेक सबै काम गर्नुभएको छ उहाँले । हामी गणतान्त्रिक व्यवस्थाको पक्षमा छौँ । राजतन्त्रकालिन भद्दा अभ्यास गर्न लाग्दा मैले बोलेकी हुँ, बोलिरहन्छु।’

उनले भनिन्, ‘गणतन्त्रका प्रतीकले राजतन्त्रकालीन अभ्यास गरे । त्यसैको परिणाम हो अहिलेको घटना । युरोप अमेरिकाका राष्ट्रप्रमुखहरुको पनि त्यो खालको वैभव छैन। प्रधानमन्त्रीको एसिस्टेन्ट या मतियारका रुपमा राष्ट्रपतिले भूमिका खेलिन्। त्यही भएर विरोधमा उत्रिनुपरेको हो।’

झाँक्रीले ओली र भण्डारीको प्वाँख पलाएको बताइन्। ‘तानाशाहहरु ढल्नेबेला यस्तै हुन्छ, प्वाँख पलाउँछ यो त्यही भएको हो’, उनले थपिन्, ‘प्रधानमन्त्रीले प्रतिगमन गर्नुभयो । त्यसको मतियार राष्ट्रपति हुनुभयो भनेर त हामी सडकमा लडिरहेका छौँ नि, मैले बोलेको कुरा सानो कुरा हो । यसलाई ठूलो मुद्दा बनाइयो।’

आफ्नो घर बाहिर प्रहरी आउँदा यो व्यवस्था नै खोसिएको जस्तो लागेको झाँक्रीले बताइन्।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १२ : ५८ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको