झाँक्री राज्यविरुद्ध कसुरको आरोपमा पक्राउ (भिडियोसहित) « Khabarhub

झाँक्री राज्यविरुद्ध कसुरको आरोपमा पक्राउ (भिडियोसहित)


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ परेकी छन् । प्रहरीले उनलाई राज्यविरुद्धको कसुर अन्तर्गत पक्राउ पूर्जी बुझाएर काडमाडौँको शंखमूलस्थित उनकै निवासबाट बिहीबार अपराह्न करिब १ बजे पक्राउ गरेको हो ।

निवासमा पुगेका प्रहरी अधिकारीले उनलाई पक्राउ पूर्जी बुझाएर पक्राउ गरेका हुन् । हालै गोरखा आयोजित एक कार्यक्रममा झँक्रीले राष्ट्रपति विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लागेको छ ।

झाँक्रीको निवासबाहिर ठूलो संख्यामा भेला भएका कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुले आफूहरु छातीमा गोली थाप्न तयार रहेको भन्दै सरकार राष्ट्रपति र प्रधामन्त्रीको नामै लिएर नाराबाजी गरेका छन् ।

गिरफ्तारी दिनुअघि झाँक्रीले निवासबाट कार्यकर्ताहरुलाई सम्बोधन गरेकी थिइन् । उनलाई प्रहरीले आफ्नो ह्यान्ड माइक दिएको थियो । उनले साद दशक लडेर कहिल्यै नखोसिने लोकतन्त्र ल्याएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले खोसेको आरोप लगाइन् ।

उनले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता विरुद्ध आफूलाई राज्यविरुद्धको अपराधमा पक्राउ पूर्जी बुझाएको बताइन् । उनले आफूप्रति सद्भाव प्रकट गर्ने सबैलाई धन्यवाद दिइन् । उनले आफ्नो निवासमा आएका प्रहरी सुरक्षाकर्मीलाई पनि धन्यावाद दिइन् ।

सम्बोधनपछि झाँक्री प्रहरीको साथ लागेर घरबाट बाहिरिएकी थिइन् । झाँक्रीका परिवारजनले कार्यकर्ताहरुलाई शान्त रहन आग्रह गरेका थिए । भिड छिचोलेर झाँक्रीलाई बाहिर निकाल्न प्रहरीलाई निकै मुश्किल परेको थियो ।

https://www.facebook.com/khabarhubofficial/videos/898099360965744

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १ : ०६ बजे

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका

सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आग्रह

पर्सा – पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा पछिल्लो

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका