केपी ओली नेतृत्वको सरकारले आफ्नो चरित्र देखायो – प्रचण्ड « Khabarhub

केपी ओली नेतृत्वको सरकारले आफ्नो चरित्र देखायो – प्रचण्ड


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा अध्यक्ष प्रचण्डले रामकुमारी झाँक्री पक्राउ गरेर केपी ओली नेतृत्वको सरकारले आफ्नो चरित्र देखाएको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नेपाल मगर संघको भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले ओली सरकारले हिजो नै झाँक्रीलाई पक्राउ गर्न खोजेको तर आफुहरुले जोगाएको समेत बताए ।

उनले भने, ‘राष्ट्रपतिको बारेमा बोलेको भन्दै हिजो नै पक्राउ गर्न खोजेको थियो तर हामीले जोगायौं । तर आज पक्राउ गरेको खबर आएको छ । यसबारेमा पार्टीले छिटै निर्णय गर्नेछ ।’

अहिले सरकारले संघीयता गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै प्रहार गर्न खोजेको भन्दै उनले उत्पिडित जातिमाथिसमेत सरकार जाइलागेको आरोप लगाए । त्यसकै प्रमाण स्वरुप झाँक्री पक्राउ गरिएको उनको भनाइ छ ।

उनले भने, ‘रामकुमारी झाँक्री पक्राउ गर्नु भनेको कम्युनिष्ट पार्टीको निम्ति चुनौती हो । उनीहरुले उत्पिडित जातिमाथि हमला गर्न खोजेका छन् । उहाँ त छिटै मुक्त हुनुहोला । तर यो भनेको लोकतन्त्रमाथि नै प्रहार हो । यसलाई सफल हुन दिने छैनौँ।’

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १ : ४७ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा