रासायनिक मलको बिक्री प्रभावित « Khabarhub

रासायनिक मलको बिक्री प्रभावित


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशीक कार्यालयसँग पर्याप्त मात्रामा युरिया मल भए पनि बेमौसम चलिरहेकाले यसको बिक्री प्रभावित भएको छ । शुरुशुरुमा गहुँ छर्ने समय भएकाले युरिया मलको अत्याधिक माग रहेको थियो । अहिले अफसिजन भएकाले उक्त मल बिक्री हुन नसकेको प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले बताए ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सो कार्यालयले युरिया मल तीन हजार ६२७ दशमलव छ मेट्रिक टन, डिएपी दुई हजार २२८ दशमलव २५० मेट्रिक टन र पोटास ३५३ दशमलव ६५ मेट्रिक टन बिक्री गरेको भए पनि अहिले सो कार्यालयको गोदाममा युरिया दुई हजार मेट्रिक टन, डिएपी तीन हजार मेट्रिक टन र पोटास दुई हजार २०० मेट्रिक टन मौज्दात अवस्थामा रहेको सो कार्यालयले जनाएको छ ।

बङ्गलादेशबाट ल्याउने भनिएको युरिया मल फागुनको पहिलो हप्तासम्म नेपाल आइपुग्ने छ । त्यहाँबाट आउने ५० हजार मेट्रिक टन युरिया मलमध्ये २० हजार मेट्रिक टन मल वीरगञ्जका लागि आउने छन् । मल आउने क्रम जारी रहेकाले यसको अभाव नदेखिने भए पनि बेमौसम भएकाले मलको बिक्री भने सोचे जस्तो हुन नसकेको बताइएको छ ।

मल आयातका लागि सबै प्रक्रिया सकिएकाले आजदेखि बङ्गलादेशबाट मल बोकेका कन्टेनर नेपालका लागि छुट्ने छन् । पहिलो चरणमा २० हजार मेट्रिक टन प्याकिङ्ग गरिएको युरिया मल ल्याउन भारतीय भन्सारसँग प्रक्रिया मिलाउने काम भइरहेको सो कार्यालयले जनाएको छ ।

पहिलो खेपमा २० हजार मेट्रिक टन मल आउने र दोस्रो खेपमा बाँकी रहेको ३० हजार मेट्रिक टन मल आउने छ । नेपालले बङ्गलादेशबाट आजदेखि बङ्गलादेशको चट्टोग्रामबाट मल बङ्गला जलमार्गमार्फत जेश्वररफुल्ना, रोहनपुरर सिंहबाद हुँदै रेलमार्गमार्फत विराटनगर, वीरगञ्ज र भैरहवाका गोदाममा सो मल आउने बताइएको छ ।

उता तेस्रोमुलुक अमनबाट ३० हजार मेट्रिक टन युरिया मल नेपाल आउने क्रम जारी रहेको छ र त्यसमध्ये वीरगञ्जका लागि १२ हजार ५०० मेट्रिक टन, विराटनगरका लागि सात हजार ५०० मेट्रिक टन र भैरहवाका लागि १० हजार मेट्रिक टन हुनेछ। कार्यालयले पर्साका १४ स्थानीय तहमा रहेका ११९ वटा सहकारी संस्थामार्फत सो मल बिक्री गर्दै आएको छ । रासस

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ३ : १९ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज