बोलेकै भरमा बन्दुक तेर्स्याउने हो भने बालुवाटार र बालकोटतिरै जेल बनाउनुस् : नेता पौडेल « Khabarhub

बोलेकै भरमा बन्दुक तेर्स्याउने हो भने बालुवाटार र बालकोटतिरै जेल बनाउनुस् : नेता पौडेल


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले लोकतन्त्रमा सबैलाई बोल्ने अधिकार रहेको बताउँदै नेकपा नेतृ रामकुमारी झाँक्रीलाई विनासर्त रिहा गर्न माग गरेका छन् ।

बोलेकै आधारमा नागरिक तर्साउने सरकारले हिंसा र बलात्कार नदेखेको समेत बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फासिष्ट सरकार हिंसा र बलात्कार देख्दैन । बोलेकै भरमा बन्दुक तेर्स्याउँछ । टिप्पणी गरेको आधारमै जेल देखाएर नागरिक तर्साउँछ । हामीले ल्याएको लोकतन्त्रमा सबैलाई बोल्ने अधिकार छ । सबै बोल्न पाउँछन् । रामकुमारी झाँक्रीलाई विनासर्त रिहा गर ।’

उनले बारम्बार गल्ती गर्ने दुस्साहस नगर्न समेत चेतावनी दिएका छन ।

‘याद रहोस् हुकुम चल्दैन यहाँ । बोलेको आधारमै थुन्ने ? टिप्पणी गर्यो भनेर तर्साउने ? कतिलाई थुन्ने हो ? आफ्नो नामार्दी छोप्न दमनको आवरण देखाउने ?,’ उनले फेसबुकमा, ‘भ्यू टावर बनाउन छुट्याएको बजेटले बालुवाटार र बालकोट तिर जेल बनाउन थाल्नुस्।’

उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्-

राष्ट्रपति संविधानको रक्षक बन्न सक्नुभएन । संविधानको अभिवाभक बन्न सक्नुभएन । संस्थाको मर्म बुझ्न नसक्ने, आफ्नो कर्म के हो ? नजान्नेले न्याय र लोकतन्त्र के हो सिकाइरहनु जरूरत छैन । महारानीको भाषा र शैली लोकतान्त्रिक व्यवस्थामा पाच्य हुँदैन ।

राष्ट्रपति तपाईंले कलंकको टिका लगाईसक्नु भएको छ । बारम्बार गल्ती गर्ने दुस्साहस नगर्नुहोस् । याद रहोस् हुकुम चल्दैन यहाँ ।

बोलेको आधारमै थुन्ने ? टिप्पणी गर्यो भनेर तर्साउने ? कतिलाई थुन्ने हो ? आफ्नो नामार्दी छोप्न दमनको आवरण देखाउने ? भ्यू टावर बनाउन छुट्याएको बजेटले बालुवाटार र बालकोट तिर जेल बनाउन थाल्नुस।

यो देश कठपुतली राष्ट्रपतिले चल्दैन । संस्थाको गरिमा नबुझ्ने रबर स्ट्याम्प व्यक्तिलाई जनताले सधैं प्रस्न गर्छन । आफ्नो कमजोरी छोप्न तमासा देखाउन बन्द गरियोस।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ५ : १५ बजे

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका

सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आग्रह

पर्सा – पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा पछिल्लो

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका