बोलेकै भरमा बन्दुक तेर्स्याउने हो भने बालुवाटार र बालकोटतिरै जेल बनाउनुस् : नेता पौडेल « Khabarhub

बोलेकै भरमा बन्दुक तेर्स्याउने हो भने बालुवाटार र बालकोटतिरै जेल बनाउनुस् : नेता पौडेल


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले लोकतन्त्रमा सबैलाई बोल्ने अधिकार रहेको बताउँदै नेकपा नेतृ रामकुमारी झाँक्रीलाई विनासर्त रिहा गर्न माग गरेका छन् ।

बोलेकै आधारमा नागरिक तर्साउने सरकारले हिंसा र बलात्कार नदेखेको समेत बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फासिष्ट सरकार हिंसा र बलात्कार देख्दैन । बोलेकै भरमा बन्दुक तेर्स्याउँछ । टिप्पणी गरेको आधारमै जेल देखाएर नागरिक तर्साउँछ । हामीले ल्याएको लोकतन्त्रमा सबैलाई बोल्ने अधिकार छ । सबै बोल्न पाउँछन् । रामकुमारी झाँक्रीलाई विनासर्त रिहा गर ।’

उनले बारम्बार गल्ती गर्ने दुस्साहस नगर्न समेत चेतावनी दिएका छन ।

‘याद रहोस् हुकुम चल्दैन यहाँ । बोलेको आधारमै थुन्ने ? टिप्पणी गर्यो भनेर तर्साउने ? कतिलाई थुन्ने हो ? आफ्नो नामार्दी छोप्न दमनको आवरण देखाउने ?,’ उनले फेसबुकमा, ‘भ्यू टावर बनाउन छुट्याएको बजेटले बालुवाटार र बालकोट तिर जेल बनाउन थाल्नुस्।’

उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्-

राष्ट्रपति संविधानको रक्षक बन्न सक्नुभएन । संविधानको अभिवाभक बन्न सक्नुभएन । संस्थाको मर्म बुझ्न नसक्ने, आफ्नो कर्म के हो ? नजान्नेले न्याय र लोकतन्त्र के हो सिकाइरहनु जरूरत छैन । महारानीको भाषा र शैली लोकतान्त्रिक व्यवस्थामा पाच्य हुँदैन ।

राष्ट्रपति तपाईंले कलंकको टिका लगाईसक्नु भएको छ । बारम्बार गल्ती गर्ने दुस्साहस नगर्नुहोस् । याद रहोस् हुकुम चल्दैन यहाँ ।

बोलेको आधारमै थुन्ने ? टिप्पणी गर्यो भनेर तर्साउने ? कतिलाई थुन्ने हो ? आफ्नो नामार्दी छोप्न दमनको आवरण देखाउने ? भ्यू टावर बनाउन छुट्याएको बजेटले बालुवाटार र बालकोट तिर जेल बनाउन थाल्नुस।

यो देश कठपुतली राष्ट्रपतिले चल्दैन । संस्थाको गरिमा नबुझ्ने रबर स्ट्याम्प व्यक्तिलाई जनताले सधैं प्रस्न गर्छन । आफ्नो कमजोरी छोप्न तमासा देखाउन बन्द गरियोस।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ५ : १५ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा