प्रधानमन्त्री ओलीले गरे निर्माणाधीन धरहराको अवलोकन (भिडियोसहित)  | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले गरे निर्माणाधीन धरहराको अवलोकन (भिडियोसहित) 


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयसीमाभित्रै धरहराको पुनर्निमाण हुने विश्वास व्यक्त गरेका छन।

बिहीबार निर्माणधिन धरहराको अवलोकन भ्रमण गदैं प्रधानमन्त्री ओलीले धरहरा निर्माण समयमा नै हुने विश्वास व्यक्त गरेका हुन । अवलोकनका क्रममा उहाले धरहराको निर्माण कार्य सन्तोषजनक रहेको बताए ।

उनले धरहराको तल्लो भागको निर्माणको योजनाका बारेमा पनि जानकारी लिएका थिए ।

हेरौँ भिडियो

त्यस्तै उनले धरहरालाई ऐतिहासिक स्थल बनाउनका लागि जोड दिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीकाअनुसार हालसम्म धरहराको २१ तल्लाको निर्माण सकिएको छ भने बाँकी दुई तल्ला पनि चैत्र महिनाभित्र सम्पन्न हुनेछन् ।

उनले सर्वसाधारणलाई २० औं तल्लाबाट भ्यु हेर्न पाउने व्यवस्था गरिने बताए । अन्य निर्माणका कार्य पनि तीव्र ढंगले अघि बढेको उनले बताए ।

त्यसअघि बिहीबार नै प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको पनि अवलोकन गरे ।

विनासकारी भूकम्पले प्रधानमन्त्री कार्यालयमा निकै असर परेको थियो । हाल उक्त कार्यालयको निर्माण सकिएको र फाल्गुन ३ गते उद्घाटन गरिने ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १० : ४२ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको