प्रधानमन्त्री ओलीले गरे निर्माणाधीन धरहराको अवलोकन (भिडियोसहित)  « Khabarhub

प्रधानमन्त्री ओलीले गरे निर्माणाधीन धरहराको अवलोकन (भिडियोसहित) 


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयसीमाभित्रै धरहराको पुनर्निमाण हुने विश्वास व्यक्त गरेका छन।

बिहीबार निर्माणधिन धरहराको अवलोकन भ्रमण गदैं प्रधानमन्त्री ओलीले धरहरा निर्माण समयमा नै हुने विश्वास व्यक्त गरेका हुन । अवलोकनका क्रममा उहाले धरहराको निर्माण कार्य सन्तोषजनक रहेको बताए ।

उनले धरहराको तल्लो भागको निर्माणको योजनाका बारेमा पनि जानकारी लिएका थिए ।

हेरौँ भिडियो

त्यस्तै उनले धरहरालाई ऐतिहासिक स्थल बनाउनका लागि जोड दिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीकाअनुसार हालसम्म धरहराको २१ तल्लाको निर्माण सकिएको छ भने बाँकी दुई तल्ला पनि चैत्र महिनाभित्र सम्पन्न हुनेछन् ।

उनले सर्वसाधारणलाई २० औं तल्लाबाट भ्यु हेर्न पाउने व्यवस्था गरिने बताए । अन्य निर्माणका कार्य पनि तीव्र ढंगले अघि बढेको उनले बताए ।

त्यसअघि बिहीबार नै प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको पनि अवलोकन गरे ।

विनासकारी भूकम्पले प्रधानमन्त्री कार्यालयमा निकै असर परेको थियो । हाल उक्त कार्यालयको निर्माण सकिएको र फाल्गुन ३ गते उद्घाटन गरिने ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १० : ४२ बजे

नेपाल–चीन कृषि सहकार्यमा नयाँ सुरूवात : खोकनामा ‘छोङछिङ-नेपाल तरकारी तालिम केन्द्र’

काठमाडौं- नेपालको कृषि क्षेत्रलाई आधुनिक प्रविधि र वैज्ञानिक पद्धतिसँग जोड्दै

अध्यादेशबाट हटाइए पुराना, तर सरकारसँग छैन नयाँ ल्याउने नयाँ तरिका

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था

सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत सहमतिका लागि आयोगको सिफारिस

काठमाडौं- राष्ट्रिय योजना आयोगले विभिन्न आठ वटा सडक आयोजनाको बहुवर्षीय

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म २६ करोड बढी राजस्व सङ्कलन

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत

चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध

चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन