पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन माग गरेको छ ।

विहीबार विज्ञप्ति जारी गर्दै महासंघले पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धि फिर्ता लिन माग गरेको हो ।

कोरोना महामारीका कारण प्रभावित यातायात क्षेत्रलाई राहत राहत दिनुपर्ने बेलामा पेट्रोलियम पदार्थको मूल्य मूल्य बृद्धि गरेर व्यवसायीको ढाड सेक्ने काम गरेको जनाएको छ ।

महासंघले मूल्यवृद्धि फिर्ता गरेर सार्वजनिक सवारीका लागि विशेष सहुलियत घोषणा गर्न समेत माग गरेको छ ।

महासंघले पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा सार्वजनिक सवारीको वैज्ञानिक भाडा समायोजन गर्नु पर्ने र सरकारले कोरोना महामारी प्रभावको सहुलियत दिने भनिएको राहत दिनुपर्ने माग गरेको छ ।

नेपाल आयल निगमले हिजो पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा २५ रुपैयाँ बढाएको थियो ।

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ७ : २५ बजे

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ