नेकपाको झगडा पदका लागि : अध्यक्ष थापा « Khabarhub

नेकपाको झगडा पदका लागि : अध्यक्ष थापा


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपाभित्र देखिएको झगडा सिद्धान्तका लागि नभई पद, प्रतिष्ठा र भागबन्डाका लागि मात्रै भएको बताएका छन ।

उनले आज मकवानपुरको पश्चिमी भेगमा पर्ने मनहरी गाउँपालिकाको रजैयामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देश निर्माणका विषयमा केन्द्रित हुनुपर्ने समयमा कुर्सी र शक्तिका निमित्त झगडा गरेर मुलुकलाई अँध्यारो सुरुङमा फसाइएकामा चिन्ता व्यक्त गरे ।

नेकपा र नेपाली काँग्रेसको शासकीय असफलताले मुलुक यो अवस्थामा आइपुगेको जनाउँदै अध्यक्ष थापाले राजसंस्था हटाइएपछि अब प्रजातन्त्रका लागि कहिले आन्दोलन गर्नु पर्दैन भन्ने भनाइ हाँस्यास्पद भएको जिकिर गरे ।

उनले राष्ट्रको सार्वभौमता र संसदीय प्रजातन्त्रको सुदृढीकरणका लागि सबै दलले आफ्नो स्वार्थ त्यागेर एकजुट हुनुपर्नेमा पनि जोड दिए ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ८ : २७ बजे

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ