लुटपाट गर्ने र लुटिएको सामान किन्ने पक्राउ « Khabarhub

लुटपाट गर्ने र लुटिएको सामान किन्ने पक्राउ


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले लुटपाट गर्ने एक जनालाई आज पक्राउ गरेको छ ।

पक्राउपर्नेमा भरतपुर महानगरपालिका– ३ बाह्रघरे बस्ने ३३ वर्षीय विकल क्षेत्री रहेका छन् । लुटिएको सामान किन्ने भरतपुर महानगरपालिका–११ का २९ वर्षीय सन्तोष विश्वकर्मालाई पनि पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले निज क्षेत्रीले तनहुँकी एक महिलालाई नारायणगढमा बोलाएर लुटपाट गरेको उल्लेख जनाएको छ । निजले ३९ वर्षीया महिलालाई धारिलो हतियार देखाई लुटपाट गरेका हुन् ।

क्षेत्रीले महिलालाई कुटपिट र लछारपछार गरी कान र हातमा समेत चोट पुर्‍याइ लगाएको सुनको झुम्का, सिक्री, ब्रासलेट, दुई वटा औँठी, हातमा लगाएको घडी, दुई वटा मोबाइल र नगद रु १७ हजार गरी जम्मा रु पाँच लाख ६३ हजार २५० बराबरको सामान लुटी लगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार निज क्षेत्रीले झुम्का र ब्रासलेट विश्वकर्मालाई बिक्री गरेको बयानका आधारमा उनलाई पक्राउ गरिएको हो घाइते महिलाको अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

 

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १० : ४४ बजे

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी