लुटपाट गर्ने र लुटिएको सामान किन्ने पक्राउ « Khabarhub

लुटपाट गर्ने र लुटिएको सामान किन्ने पक्राउ


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले लुटपाट गर्ने एक जनालाई आज पक्राउ गरेको छ ।

पक्राउपर्नेमा भरतपुर महानगरपालिका– ३ बाह्रघरे बस्ने ३३ वर्षीय विकल क्षेत्री रहेका छन् । लुटिएको सामान किन्ने भरतपुर महानगरपालिका–११ का २९ वर्षीय सन्तोष विश्वकर्मालाई पनि पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले निज क्षेत्रीले तनहुँकी एक महिलालाई नारायणगढमा बोलाएर लुटपाट गरेको उल्लेख जनाएको छ । निजले ३९ वर्षीया महिलालाई धारिलो हतियार देखाई लुटपाट गरेका हुन् ।

क्षेत्रीले महिलालाई कुटपिट र लछारपछार गरी कान र हातमा समेत चोट पुर्‍याइ लगाएको सुनको झुम्का, सिक्री, ब्रासलेट, दुई वटा औँठी, हातमा लगाएको घडी, दुई वटा मोबाइल र नगद रु १७ हजार गरी जम्मा रु पाँच लाख ६३ हजार २५० बराबरको सामान लुटी लगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार निज क्षेत्रीले झुम्का र ब्रासलेट विश्वकर्मालाई बिक्री गरेको बयानका आधारमा उनलाई पक्राउ गरिएको हो घाइते महिलाको अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

 

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १० : ४४ बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी