उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन माग « Khabarhub

उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन माग


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघले कोरोनाका कारण उद्योगी व्यवसायी पनि मारमा परेको भन्दै तत्काल कोरोनाविरुद्धको खोप अभियानमा सहभागी गराउन सरकालाई आग्रह गरेको छ ।

महासंघको स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकालसहित समितिका सदस्य सम्मिलित प्रतिनिधिमण्डलले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई आज मन्त्रालयमा भेट गरी सो माग गरेको हो ।

भेटवार्तामा सभापति ढकालले तत्कालका लागि उद्योगी व्यवसायीका लागि पाँच हजार डोज खोप उपलब्ध गराउन अनुरोध गर्दै भने, “कोरोनाका कारण निजी क्षेत्र पनि आक्रान्त भइरहेकाले महासंघसँग आबद्ध जिल्ला नगर, वस्तुगत तथा एशोसिएट्स सदस्यका लागि सरकारले तत्कालै पाँच हजार डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउनुपर्छ ।”

सभापति ढकालले सरकारले ल्याएर उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन नसकेको खण्डमा उक्त खोप निजी क्षेत्रलाई नै ल्याउन दिनसमेत माग गरे ।

विशेष गरी एउटा निकायको सहमतिमा व्यवसायीले आयात गरेको सामान अर्को निकायले रोक लगाएर दुःख दिने गरेको भन्दै व्यवसायीमैत्री वातावरण बनाउन आग्रह गरियो । यसअघि खाद्य विभागले स्वीकृति दिएर आयात गरेको भिटामिन स्वास्थ्य विभागले रोकेको भन्दै सरकारी संयन्त्रबीच एकरुपकता ल्याउन सो अवसरमा आग्रह गरियो ।

सो अवसरमा मन्त्री त्रिपाठीले पहिलो चरणमा ल्याएको प्राथमिकताका क्रममा दिन शुरु गरिएकाले दोस्रो चरणको खोप आयातपछि उद्योगी व्यवसायीलाई प्राथमिकतामा राखिने बताए ।

साथै मन्त्री त्रिपाठीले निजी क्षेत्रलाई कोरोनाको खोप आयात गर्न दिने विषयमा समेत सकारात्मक आश्वासन दिए ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ९ : ४५ बजे

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना

अर्थमन्त्री वाग्लेले दिए आफूमाथि प्रश्न उठाउनेको काण्ड छानबिन गर्ने धम्की

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिपक्षतर्फ इसारा गर्दै आफूमाथि करको