भिजिट भिसा सम्बन्धी कार्यविधि संशोधन भएको छैन : गृह मन्त्रालय « Khabarhub

भिजिट भिसा सम्बन्धी कार्यविधि संशोधन भएको छैन : गृह मन्त्रालय


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृह मन्त्रालयले अध्यागमन विभागको मौजुदा भिजिट भिसासम्बन्धी कार्यविधि संशोधन नभएको स्पष्ट पारेको छ ।

नेपाली महिलालाई पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा पर्यटक भिसामा जाँदा स्थानीय तहको सिफारिसलाई अनिवार्य गर्न लागिएको भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्याम तथा सामाजिक सञ्जालबाट भइरहेको प्रकाशन तथा प्रसारणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले यस विषयमा कुनै निर्णय नभएको जनाएको हो ।

नेपाली महिला कतिपय मुलुकमा पर्यटक भिसामा जाँदा हुनसक्ने सुरक्षालगायतका जोखिमलाई विचार गरी त्यस्ता मुलुकमा हुने भ्रमणलाई सुरक्षित तथा सहज बनाउने तथा पर्यटक भिषाको दुरुपयोग हुन नदिने सम्बन्धमा छलफल भइरहेको तर स्थानीय तहको सिफारिस अनिवार्य हुनेगरी कुनै पनि छलफल नभएको मन्त्रालयले आज विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यसैबीच अध्यागमन विभागले पनि आज एक विज्ञप्ति जारी गरी त्यस विषयमा ध्यानाकर्षण भएको जनाउँदै समाचारमा आएजस्तो नभई खाडी तथा अफ्रिकी मुलुकजस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलो पकट एक्लै यात्रा गर्ने र आफ्नो यात्राबारे सामान्य जानकारीसमेत नभएका महिलाका लागि आवश्यक पर्नसक्ने विषय आन्तरिक छानविन कार्यदलका सुझावका रुपमा विषय आएको तर कुनै निर्णय नभएकाले भ्रममा नपर्न अनुरोध गरेको छ ।

विभागले यसरी निर्णय गर्दा संविधान प्रदत्त अधिकार, विश्वव्यापी मान्यता, आमधारणा र कार्यान्वयन सहजतासमेत हेरी नागरिकका मौलिक अधिकार कुष्ठित नहुने गरी निर्णय हुने जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ८ : ५९ बजे

नेपाल–चीन कृषि सहकार्यमा नयाँ सुरूवात : खोकनामा ‘छोङछिङ-नेपाल तरकारी तालिम केन्द्र’

काठमाडौं- नेपालको कृषि क्षेत्रलाई आधुनिक प्रविधि र वैज्ञानिक पद्धतिसँग जोड्दै

अध्यादेशबाट हटाइए पुराना, तर सरकारसँग छैन नयाँ ल्याउने नयाँ तरिका

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था

सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत सहमतिका लागि आयोगको सिफारिस

काठमाडौं- राष्ट्रिय योजना आयोगले विभिन्न आठ वटा सडक आयोजनाको बहुवर्षीय

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म २६ करोड बढी राजस्व सङ्कलन

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत

चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध

चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन