एक साधुले महात्मा गान्धीसँग सोधे— ‘महात्माजी, म तपाईंको आश्रममा रहेर जीवन बिताउन चाहन्छु । मेरो जीवनको उपयोग राष्ट्रहितका लागि भयो भने यो मेरो अहोभाग्य हुनेछ ।’
गान्धीले भने— ‘तपाईंले आफ्नो सन्यास छाड्नु पर्दैन, तर वस्त्र छाड्नुपर्छ । तपाईंको गेरुवा वस्त्र देखेर हाम्रा देशवासीले सेवा, पूजा सुरू गर्नेछन् । तर यही वस्त्रको कारण उनीहरुले तपाईंबाट सेवा लिने छैनन् । जुन वस्तुले सेवाको काममा बाधा पार्छ, त्यसलाई छाड्नुपर्छ । फेरि सन्यास त मानसिक वस्तु हो, पोशाक छाड्दैमा सन्यास जाँदैन ।’
साधुले गेरुवा वस्त्र तत्काल त्यागिदिए ।
साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट
प्रतिक्रिया