जनता ठग्दै थलापति विजय ! « Khabarhub

जनता ठग्दै थलापति विजय !


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सन् २०२१ को पहिलो सुपरहिट फिल्म ‘मास्टर’ पछि दक्षिण भारतीय अभिनेता थलापति विजय नयाँ प्रोजेक्टमा लागेका छन् ।

पिंकविलामा प्रकाशित समाचारअनुसार विजयको फिल्म ‘थलापति ६५’ हाल प्री–प्रोडक्सन चरणमा छ । फिल्मको युनिट रुस यात्रामा छ ।

फिल्मका निर्माताहरु यही मेमा सुटिङ सुरु गर्न चाहन्छन् । फिल्ममा विजय एक ठगको भूमिकामा देखिँदैछन् ।

‘यो फिल्ममा विजय नयाँ अवतारमा देखिँदैछन् । फिल्ममा उनी ठगको भूमिकामा हुनेछन् । जो जनतालाई ठगी गर्न खप्पिस छ ।’ समाचारमा उल्लेख छ ।

फिल्ममा कमेडीसँगै भावुकतालाई पनि प्रस्तुत गरिनेछ । फिल्ममा ठगको चरित्र निर्वाह गर्नुपर्ने भएकाले पनि विजयले यसको स्क्रिप्टलाई मनपराएका छन् ।

फिल्ममा अभिनेत्रीका लागि पूजा हेगडेको नाम फाइनल भइसकेको छ । अभिनेता नवाजुद्दीन सिद्दीकी विजयको अपोजिट भूमिकामा देखिनेछन् ।

फिल्मको छायांकन यसै वर्षको सेप्टेम्बरमा सकिनेछ । रिलिज चाहिँ आगामी वर्षको जनवरीमा हुनेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  १२ : ३० बजे

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मौरिससमा भेटवार्ता

काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर