नेपालमा मृगौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै शुरू गर्छौं : प्रधानन्त्री ओली | Khabarhub Khabarhub

नेपालमा मृगौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै शुरू गर्छौं : प्रधानन्त्री ओली


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मृगौला सम्बन्धी विशेषज्ञ सेवा छिटै शुरु हुने बताएका छन् ।

दुई पटक मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले विश्व मृगौला दिवसका अवसरमा चेतनामुलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै छिटै त्यस्तो सेवा केन्द्र स्थापना गर्न सरकार लागि परेको बताए ।

उनले विशेषज्ञ सेवाका लागि केन्द्र स्थापना गर्न मृगौलाविद् डा. दिव्यासिंह शाहसहितका विज्ञ क्रियाशील रहेको बताए ।

‘मृगौलालाई रोगहरूबाट कसरी बचाउन सकिन्छ र रोग लागिहाले प्रत्यारोपणसहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने भन्ने कुरामा हामीले ध्यान केन्द्रित गरेका छौं । नेपालमा मृगौला सम्बन्धी विसेषज्ञ सेवा छिटै शुरु गर्छौं,’ उनले भने ।

‘मृगौला रोगको साथमा स्वस्थ जीवन’ नारासहित आज विश्वभर मृगौला दिवस मनाइँदै छ । ‘हाम्रो खानपिन वा हाम्रो दैनिकीमा मृगौलालाई असर पार्ने खानपिन वा व्यवहार के हो ? त्यसबाट कसरी जोगिनेजस्ता कुराहरूलाई ध्यान दिन जरुरी छ,’ उनले भने ।

कार्यक्रममा प्रधानमन्त्रीले पहिलो पटक मृगौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको बताए । ‘केही मानिसले मलाई बाहिर गएर उपचार गरायो भने, तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइनँ, यहाँ सुविधा नहुँदा गएको थिएँ,’ उनले भने ।

कार्यक्रममा मृगौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्राध्यापक डा. दिव्या सिंह शाहसहितका विज्ञहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  १ : ३८ बजे

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु