नेपालमा मृगौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै शुरू गर्छौं : प्रधानन्त्री ओली « Khabarhub

नेपालमा मृगौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै शुरू गर्छौं : प्रधानन्त्री ओली


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मृगौला सम्बन्धी विशेषज्ञ सेवा छिटै शुरु हुने बताएका छन् ।

दुई पटक मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले विश्व मृगौला दिवसका अवसरमा चेतनामुलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै छिटै त्यस्तो सेवा केन्द्र स्थापना गर्न सरकार लागि परेको बताए ।

उनले विशेषज्ञ सेवाका लागि केन्द्र स्थापना गर्न मृगौलाविद् डा. दिव्यासिंह शाहसहितका विज्ञ क्रियाशील रहेको बताए ।

‘मृगौलालाई रोगहरूबाट कसरी बचाउन सकिन्छ र रोग लागिहाले प्रत्यारोपणसहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने भन्ने कुरामा हामीले ध्यान केन्द्रित गरेका छौं । नेपालमा मृगौला सम्बन्धी विसेषज्ञ सेवा छिटै शुरु गर्छौं,’ उनले भने ।

‘मृगौला रोगको साथमा स्वस्थ जीवन’ नारासहित आज विश्वभर मृगौला दिवस मनाइँदै छ । ‘हाम्रो खानपिन वा हाम्रो दैनिकीमा मृगौलालाई असर पार्ने खानपिन वा व्यवहार के हो ? त्यसबाट कसरी जोगिनेजस्ता कुराहरूलाई ध्यान दिन जरुरी छ,’ उनले भने ।

कार्यक्रममा प्रधानमन्त्रीले पहिलो पटक मृगौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको बताए । ‘केही मानिसले मलाई बाहिर गएर उपचार गरायो भने, तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइनँ, यहाँ सुविधा नहुँदा गएको थिएँ,’ उनले भने ।

कार्यक्रममा मृगौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्राध्यापक डा. दिव्या सिंह शाहसहितका विज्ञहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  १ : ३८ बजे

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा– जिल्ला अस्पताल बाजुरामा उपचाररत एक सुत्केरीको आज हेलिकप्टरमार्फत उद्धार

पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, एकै रातमा १२२ जना पक्राउ

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले गए राति पोखराका पाँच ठाउँमा

भुक्तानी माग्दै लुम्बिनीका निर्माण व्यवसायी सडकमा, आन्दोलनको चेतावनी

लुम्बिनी- लुम्बिनी प्रदेशका निर्माण व्यवसायीहरूले सम्पन्न भइसकेका विकास आयोजनाहरूको भुक्तानी

लिबियामा अनियमित आप्रवासीको उद्धार

काठमाडौं- लिबियको तटबाट अनियमित आप्रवासी बोकेका १० वटा डुङ्गा सहित

नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सेवामा खटिनु