मेयर कप क्रिकेट : एपिएफ क्लबसामु १७८ रनको लक्ष्य « Khabarhub

मेयर कप क्रिकेट : एपिएफ क्लबसामु १७८ रनको लक्ष्य


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा काठमाडौँ मेयर ११ ले सशस्त्र प्रहरी बलको एपिएफ क्लबका सामु जितका लागि १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ । मूलपानी क्रिकेट मैदानमा एपिएफ क्लबले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौँ मेयर ११ ले ब्याटिङ गरेको हो ।

काठमाडौँ मेयर ११ ले ४८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १७७ रन बनायो । काठमाडौँ मेयर ११ का लागि सन्दीप रजालीले ४८, हरिशङ्कर साहले ३६, विक्रम भुसालले २०, खड्ग बोहराले १३ तथा कप्तान सन्दीप लामिछानेले ११ रन बनाए । बलिङतर्फ एपिएफका अविनाश बोहरा र कमलसिंह ऐरीले तीन–तीन तथा वसन्त रेग्मी, शरद भेषवाकर र भुवन कार्कीले एक–एक विकेट लिए ।

यसैगरी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच अर्को खेल भइरहेको छ । वाग्मतीले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । वाग्मतीले ४६ ओभरमा सात विकेटको क्षतिमा २४४ रन बनाएको छ । वाग्मती प्रदेशबाट खेलिरहेका पारस खड्काले शतकीय पारी खेले । खड्काले १३३ बल खेल्दै ११९ रन बनाए ।

उनले यस क्रममा दुई छक्का र ११ चौका प्रहार गरेका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  २ : ४४ बजे

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका

खरानी टक्टक्याएर उठ्दै डेढ अर्ब बढी क्षति व्यहोरेको चितवन (तस्बिरहरू)

चितवन–  जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

काठमाडौं– सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको