अर्को प्रधानमन्त्री खोज्ने गरी छलफल भएको छैन : रावल « Khabarhub

अर्को प्रधानमन्त्री खोज्ने गरी छलफल भएको छैन : रावल


२७ फाल्गुन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अर्को प्रधानमन्त्री खोज्ने गरी छलफल नभएको बताएका छन् ।

आज नेकपा एमाले माधव नेपाल झलनाथ खनाल पक्षको अनौपचारिक भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पका बारेमा कुराकानी नभएको बताए ।

उनले आफूहरुको भेला गुटगत नभएको दाबी गरे । आजको भेलालाई उनले नीतिगत छलफलका लागि भेटघाट गरेको बताए ।

उनले भने, ‘हामीले केही नीतिगत छलफल गरेका छौँ । अर्को प्रधानमन्त्रीको खोजी भएको छैन । यो समूहगत भेला होइन । बालुवाटारमा पनि नियमितजस्तो भेटघाट चलिरहेका छन्, कसरी अघि बढ्ने भन्ने रणनीति तय भएको छ । हामीले पनि त्यही गरेका हौँ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ३ : ३९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र