महाशिवरात्रिका अवसरमा इन्द्रेश्वर महादेव मन्दिरमा होम र महारुद्री पाठ « Khabarhub

महाशिवरात्रिका अवसरमा इन्द्रेश्वर महादेव मन्दिरमा होम र महारुद्री पाठ


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– महाशिवरात्रिका अवसरमा काभ्रेपलाञ्चोकको बनेपास्थित चण्डेश्वरी र पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर प्राङ्गणमा विविध कार्यक्रम गरी महाशिवरात्रि पर्व मनाइएको छ ।

बनेपास्थित चण्डेश्वरी मन्दिर परिसरमा पतञ्जली योग समिति बनेपाले ‘२४ घण्टा अखण्ड गायत्री मन्त्र तथा मृत्युञ्जय जप तथा यज्ञ’ गरेको छ भने पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरमा महारुद्राभिषेक गरिएको हो ।

पतञ्जली योग समिति वाग्मती प्रदेशका अध्यक्ष ग्रुवेन तौजलेले शान्ति, समाज र वातावरण शुद्धीका लागि ‘२४ घण्टा अखण्ड गायत्री मन्त्र तथा मृत्युञ्जय जप तथा यज्ञ आयोजना गरिएको बताए ।

महाशिवरात्रिको अवसरमा गायत्री मन्त्र जप गर्दा परिवारमा शान्ति, स्वस्थ हुनुका साथै दिवङ्गत आत्माको शान्तिका लागि यज्ञ आयोजना गरेको उनको भनाइ छ । शिवरात्रिको दिन गरिएको महामृत्युञ्जय मन्त्र र गायत्री मन्त्रको जपमा इच्छुक सबै महानुभावले सहभागिता जनाउन सक्ने तौजलेले बताए । शुक्रबारसम्म सञ्चालन हुने यज्ञमा मनलाई शान्त पार्न हरेक व्यक्तिले होम गर्न सक्ने उनले जानकारी दिए ।

त्यस्तै पनौतीमा भएको कार्यक्रममा भागवत धर्म संरक्षण समितिले महारुद्री पाठ कार्यक्रम आयोजना गरेको छ । आयोजक समितिका अध्यक्ष अच्युत वाग्लेले इन्द्रेश्वर महादेव र सिङ्गो पनौतीको प्रचारप्रसार गर्ने उद्देश्यले महारुद्री पाठको आयोजना गरेको बताए ।

ऐतिहासिक एवं धार्मिकस्थल पनौतीको महत्वबारे गर्नुपर्ने प्रचारप्रसारमा कमी आएका कारण पनि थप प्रचार गर्ने र आध्यामिक प्रचार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको उनले बताए । आज भएको कार्यक्रममा १३० ब्राम्हणद्वारा इन्द्रेश्वर महादेव मन्दिरको प्राङ्गणमा महारुद्री पाठ गर्ने काम सम्पन्न भएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ६ : ०५ बजे

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई