मेयर्स कप क्रिकेट : काठमाडौँलाई हराउँदै एपीएफ फाइनलमा « Khabarhub

मेयर्स कप क्रिकेट : काठमाडौँलाई हराउँदै एपीएफ फाइनलमा


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा जारी मेयर्स कप क्रिकेटको उपाधिका लागि दुई विभागीय टिम पुलिस क्लब र एपीएफ क्लब भिड्ने भएका छन्।

एपीएफले बिहीबार भएको खेलमा काठमाडौं मेयर ११ लाई ७ विकेटले पराजित गर्दै उपाधि यात्रा तय गरेको हो। पुलिस क्लब यसअघि नै फाइनल पुगिसकेको छ। फाइनल खेल शनिबार हुनेछ।

मुलपानी क्रिकेट मैदान काठमाडौंले दिएको १ सय ७८ रनको लक्ष्य एपीएफले ४४ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो। एपीएफको जितमा सन्दीप जोरा र कप्तान शरद भेषवाकरले अर्धशतकीय इनिङ्स खेले।

शरदले अविजित रहदै ६१ रन बनाउँदा सन्दीप ६२ रनमा अविजित रहे। यस्तै शंकर रानाले ३१ रन जोड्दा भुवन कार्कीले ११ रन बनाए। पवन सर्राफ भने शून्य रनमा आउट भए। काठमाडौंका कप्तान सन्दीप लामिछाने, अनुज चुनारा र अनिल खरेलले १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७८ रन बनाएको थियो। काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक ४८ रन बनाए। यस्तै हरिशंकर साहले ३६ रन जोड्दा खडक बोहराले १३ रन बनाए।

बिक्रम भुसालले २० रन जोडे भने कप्तान सन्दीप लामिछाने ११ रनमा आउट भए। एपीएफका कमल सिंह ऐरी र अविनास बोहराले ३–३ विकेट लिए।

यो जितसँगै एपीएफले ४ खेलमा ३ जितसहित ६ अंक जोड्यो। एपीएफ दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो। पुलिसले पनि ४ खेलमा ३ जितसहित ६ अंक जोडेर फाइनलमा पक्का गरेको हो।

पुलिस नेट रन रेटको आधारमा पुलिस भन्दा अघि रहेको थियो। पाँच टिम सहभागी प्रतियोगिताको शीर्ष दुई टिमले फाइनलमा स्थान बनाएका हुन्।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ६ : २० बजे

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको

गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा