म्यानमारको सेनाले सूकीमाथि लगायो घुस लिएको आरोप « Khabarhub

म्यानमारको सेनाले सूकीमाथि लगायो घुस लिएको आरोप


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्यानमार–  म्यानमारको सैन्य शासकले अपदस्थ नेतृ आङ सान सूचीमाथि केही सुन र ६ लाख अमेरिकी डलर अवैध तरिकाले स्वीकार गरेको आरोप लगाएको छ । म्यानमारको सेनाद्वारा सूचीमाथि लगाइएको यो अहिलेसम्मको सबैभन्दा गम्भीर आरोप हो ।

सेनाले सूचीले पैसा स्वीकार गरेको भन्ने कुरा पुष्टि गरेको दाबीसमेत गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै ब्रिगेडियर जनरल जा मिन तुनले म्यानमारका राष्ट्रपति र केही मन्त्रीमाथि पनि भ्रष्टाचारको आरोप लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । फेब्रुअरी १ मा सैनिक ‘कू’ गरेर सूची र म्यान्मारको निर्वाचित नेतृत्वलाई अपदस्थ गरेपछि सूचीमाथि लगाइएको यो सबैभन्दा गम्भीर आरोप हो ।

आरोप प्रमाणित गर्ने कुनै प्रमाण भने सेनाले दिएको छैन । सेनाले सूचीलाई अज्ञात स्थानमा राखेको छ । यसअघि सेनाले सूचीमाथि रेडियो उपकरण राखेको, कोभिड नियन्त्रणका लगाइएका प्रतिबन्धात्मक नियमहरू भंग गरेको तथा नागरिकमा डर, त्रास फैलाएको आरोप पनि लगाइ सकेको छ ।

सूचीले गैरकानुनी रूपमा ग्रहण गरेको भनिएको सुनको मूल्य लगभग साढे चार लाख पाउन्ड छ । म्यान्मारमा सैनिक कूको विरोधमा प्रदर्शन जारी छ । प्रदर्शनमा बिहीवार कम्तिमा सात जना मारिएपछि मृतकको संख्या ६० नाघेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ८ : ०१ बजे

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौं–  राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय

भारतको साढे सात करोड सहयोगमा दार्चुलामा विद्यालय भवन निर्माण सुरू

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न गगनको माग, संयम अपनाउन अपिल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

झलनाथको पहिलो क्याबिनेट बैठकको निर्णय थियो नागढुंगा सुरुङमार्ग

काठमाडौं– सोमबार एक औपचारिक समारोहका बीच लामो समयदेखिको प्रतिक्षित नागढुंगा–सिस्नेखोला

व्यायाम : समय नभएको की प्राथमिकतामा नपरेको ?

काठमाडौं– आजकाल धेरै मानिसहरू ‘समय छैन’ भन्ने गुनासो गरिरहेका भेटिन्छन्