एमालेको बैठक कुर्दै नेपाल समूह, ओली गम्भीर नदेखिएको निष्कर्ष « Khabarhub

एमालेको बैठक कुर्दै नेपाल समूह, ओली गम्भीर नदेखिएको निष्कर्ष


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका माधव कुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली पार्टीलाई एकताबद्ध बनाउन गम्भीर नदेखिएको निष्कर्ष निकालेको छ ।

सर्वोच्चको निर्णयले कम्युनिस्ट आन्दोलन भत्काएको भन्दै ओलीइतर नेताहरूले एमाले बलियो बनाउनुपर्ने निष्कर्ष निकालेका हुन् ।

नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकपछि नेता भीम रावलले भने, ‘सर्वोच्चको फैसलापछि उत्पन्न भएको विषयमा हामीले कसरी अगाडि जाने भन्ने विषयमा छलफल भएको छ । उहाँहरूले अहिलेसम्म बैठक बोलाउनुभएको छैन। हामीले त्यही बैठकको प्रतीक्षा गरिरहेका छौँ ।’

सर्वोच्चले आश्चर्यको निर्णय गरेपछि विधि र पद्धतिबाट कसरी अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको उनले बताए।

‘उहाँहरूले बैठक नबोलाएपछि नेकपाको एकताको समेत एकताको चिन्ता भएको छ। कतिपय ठाउँमा गुण्डागर्दीसमेत भएको छ । दुई ठूला कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध हुनुपर्छ भनेर लागिरहेका छौँ’ उनले भने, ‘पार्टीको औपचारिक बैठक नबोलाएकाले अनौपचारिक रूपमा छलफल गरेका हौँ । अध्यक्षले अहिलेसम्म बैठक बोलाइ सक्नुपर्ने हो ।’

कम्युनिस्ट आन्दोलन भत्काएको भए पनि अब एमालेभित्र बलियो बनाउनेबारे छलफल भएको बताए ।

‘माओवादी नेताहरूलाई प्रदेश इन्चार्ज गरिरहेका छन्। त्यसैले हामीले त्यस्तो गुटगत गतिविधि रोक्नुपर्छ। नेकपा एमाले अदालतले मात्रै होइन, साँच्चिकै जीवित राख्न चाहन्छौँ’ उनले भने, ‘जनताको सामु साझा घोषणा जारी गरेर एकीकृत रूपमा सरकार चलाएर जाने भनेर प्रतिबद्धता गरेका छौँ। सर्वोच्चको फैसला मानेका छौँ। तर, त्यसमा असहमति छ।’

विगतका कमी कमजोरीलाई औंल्याएर अघि बढ्नुपर्ने बताए । उनले नेकपा एमाले विभाजनको कल्पनासमेत गर्न नसक्ने तर्क गरे।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ८ : १८ बजे

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई