वसन्तकालीन पहिलो हिमाल आरोहण अनुमति प्रदान « Khabarhub

वसन्तकालीन पहिलो हिमाल आरोहण अनुमति प्रदान


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— पर्यटन विभागले अबको वसन्तकालीन हिमाल आरोहणका लागि पहिलो आरोहण अनुमति प्रदान गरेको छ ।

खुम्बु क्षेत्रमा पर्ने ७ हजार ८ सय ६४ मिटर अग्लो नुप्से हिमालका लागि मंगलबार पहिलो आरोहण अनुमति जारी गरेको हो ।

४ जना क्यानेडियन नागरिकहरुको समूहलाई विभागले चैतदेखि सुरु हुने वसन्तकालीन सिजनमा आरोहण गर्न अनुमति दिएको विभागले जनाएको छ ।

‘अबको वसन्तकालीन हिमाल आरोहण अन्तर्गत यो पहिलो अनुमति हो,’ विभागकी निर्देशक मिरा आचार्यले भनिन् । विभागले अनुमतिपत्र जारी गरेपछि उनीहरुसहित नेपाली शेर्पाहरुको समूह हिमाल आरोहणका लागि बुधबार लुक्लातर्फ लागेको छ ।

विभागका अनुसार यी विदेशी नागरिकहरुको समूह नेपालले कारोना महामारीमा बनाएको नयाँ नियम पालना गर्ने पहिलो पर्वतारोही टोली भएको छ । आरोहण अनुमति लिनुअघि यी क्यानेडियन नागरिक ठमेलस्थित मलबेरी होटलमा १५ दिन क्वारेन्टाइन बसेको आरोहण व्यवस्थापक एवं एसेन्ट हिमालयजका प्रबन्ध निर्देशक लाक्पा दोर्जी शेर्पाले जानकारी दिए ।

उनका अनुसार कोभिडपछि जारी भएको नियम अनुसार उनीहरुले कोभिड जाँच गरेर पीसीआर नेगेटिभ भएको प्रमाण पनि बुझाउनु परेको थियो । त्यस्तै, सरकारले लागू गरेको ५ हजार डलर बराबरको बिमा पनि उनीहरुले गरेका छन् । यसअघि कोरोना बिमा, होटल क्वारेन्टाइन, पीसीआर जाँच, अन–अराइभल भिसाका लागि पूर्व अनुमति आदि नियम थिएनन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ९ : ३० बजे

आलोपालो दिवा खाजा बनाउँछन् भाग्योदयका अभिभावक

वालिङ– स्याङ्जाको भीरकोट नगरपालिका–६ उजेलीडाँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयका अभिभावकले विद्यालयमै

पदयात्रा पथप्रदर्शकका लागि चरा पहिचानसम्बन्धी तालिम

गण्डकी– नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पन्छी

भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षित

राप्ती गाउँपालिकामा ‘करारखेती’ कार्यक्रम प्रभावकारी बन्दै

दाङ– दाङको राप्ती गाउँपालिकाले सञ्चालन गरेको करारखेती कार्यक्रम प्रभावकारी बन्दै गएको