सोमबार प्रदेश २ सभाको बैठक बस्दै « Khabarhub

सोमबार प्रदेश २ सभाको बैठक बस्दै


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेश २ मा करीब छ महीनापछि सोमबार प्रदेश २ सभाको बैठक बोलाइएको छ । प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा छ महीनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ अधिवेशन शुरु गर्न लागिएको बताइएको छ ।

प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जीत यादवका अनुसार चौथो अधिवेशन कात्तिक ४ गते सकिएको थियो ।

संसद् बैठकअघि कार्यव्यवस्था समितिको बैठक बोलाइए पनि सदस्यको टुङ्गो लाग्न नसक्दा बैठक बस्न नसकेको प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जित यादवले बताए ।

नेकपा पार्टी विभाजन र जनता समाजवादी पार्टी एकता भएकाले कार्य व्यवस्था समितिको सदस्य फेरबदल गर्न दललाई पत्र पठाए पनि उनीहरूले नाम नदिँदा कार्य व्यवस्था समितिको बैठक अन्योलमा परेको हो ।

पाँचौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर शुभकामना दिने कार्यसूची तय छ । अन्य विषयमा दलसँग छलफल भइरहेको यादवले जानकारी दिए ।

माओवादी केन्द्रको संसदीय दलको नेतामा साह

प्रदेश २ मा नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरेको छ । पार्टी कार्यालयमा बसेको बैठकले दलको नेतामा भरत साहलाई चयन गरेको हो । यस्तै उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप साह र सचेतकमा रुवि कर्ण चयन भएका छन् ।

तत्कालीन नेकपा एमालेसँग एकीकरण हुनुअघि माओवादीको दलको नेतामा रामचन्द्र मण्डललाई चयन गरिएको थियो तर पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि मण्डल प्रधानमन्त्री ओलीको खेमामा लागेकाले अहिले भरत साहलाई दलका नेताका रुपमा चयन गरिएको प्रमुख सचेतकमा चुनिएका दिलीप साहले जानकारी दिए ।

ओली समूहमा लागेका मण्डलसहित चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत पेरिसडाँडा बैठकले गरेको प्रमुख सचेतकमा चुनिएका साहले जानकारी दिए ।

मण्डलसहित कुन्दन साह, ज्वाला साह र मो. समीर अन्सारी ओली खेमामा लागेका छन् । उनीहरु चार जनालाई स्पष्टीकरण सोधिने र त्यसपछि प्रक्रिया पूरा गरी सांसदबाट हटाउने तयारीसमेत पार्टीले गरेको सचेतक साहले जनाए ।

प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन् । प्रदेशको पाँचौँ अधिवेशनको पहिलो बैठक चैत ३० गते सोमबार दिनको १ बजे आह्वान गरिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १२ : ३५ बजे

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित