विद्यालय सञ्चालनको निर्णय लिन शिक्षा मन्त्रालयले बोलायो बैठक « Khabarhub

विद्यालय सञ्चालनको निर्णय लिन शिक्षा मन्त्रालयले बोलायो बैठक


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बालबालिकामा पनि कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि विद्यालय सञ्चालन गर्ने किन बन्द गर्ने भन्ने बहस चलेको छ ।

स्वास्थ्य मन्त्रालयले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गर्दै विद्यालय बन्दका लागि सिफारिस नै गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिबार बसेको बैठकले पनि संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरू कम्तीमा ३ सातासम्म बन्द गर्न प्रस्ताव गरेको छ ।

यही विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालाको बैठक बोलाएको छ । भोलि बिहान (सोमबार ८ बजे) मन्त्रालयमै बस्ने गरी सरोकारवालालाई बोलाइएको मन्त्रालयलाई जनाएको छ ।

मन्त्रालयका एक कर्मचारीका अनुसार भोलि विद्यालयका सरोकारवालालाई बैठकमा बोलाइएको छ । उनीहरुसँगको छलफल पछि कोरोना संक्रमण दर बढ्दा विद्यालय सञ्चालन गर्ने कि बन्द गरेर अनलाइन माध्यमबाट पढाउन थाल्ने भन्ने निर्णय हुन सक्ने उनले बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  २ : १३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै