राष्ट्रपतिले वितरण गरेको पदकमा नयाँ नक्शा नराखेको विरोधमा प्रदर्शन « Khabarhub

राष्ट्रपतिले वितरण गरेको पदकमा नयाँ नक्शा नराखेको विरोधमा प्रदर्शन


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेको विभूषणमा नेपालको नयाँ नक्शा नराखेको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ ।

नेकपा एमालेको माधव नेपाल समूहका विद्यार्थीले चुच्चे नक्शाको ठाउँमा पुरानै नक्शा अंकित गरिएको विरोधमा प्रदर्शन गरेका हुन् ।

लिपुलेक र लिम्पियाधुरासहितको नक्शा बोकेर नेपाल समूह निकटको अनेरास्ववियूले माइतीघरमा प्रदर्शन गरेको हो ।

उनीहरूले झूटो नक्शा चाहिन्न, चुच्चे नक्शा फेर्न पाइन्न, चुच्चे नक्शा खै जस्ता नारा लगाएका थिए । २०७६ सालमा घोषणा गरिएको विभिन्न विभूषण तथा पदक राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार प्रदान गरेकी थिइन् ।

तर उक्त पदकमा लिपुलेक र लिम्पियाधुरासहितको नक्शा नभई नेपालको पुरानै नक्शा राखिएको थियो । सरकारले भने पदक घोषणा गत वर्ष भएकाले त्यही समयमा प्रचलनमा रहेको नक्शा राखेको बताउँदै आएको छ ।

राष्ट्रपतिले वितरण गरेको विभूषणमा नेपालको पुरानै नक्शा अंकित गरिएपछि सर्वत्र आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ४ : ५३ बजे

इरान टोली : राजनीति र खेलबीच दबाब

एजेन्सी– विश्वकपको मैदानमा प्रवेश गर्नुअघि नै राजनीतिक तनाव, भिसा विवाद

अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा

जापानको कमब्याक, डच टोलीको ‘लक’

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा