रियलमी स्मार्टफोनको टीयुभी गुणस्तर स्टान्डर्ड निर्धारण « Khabarhub

रियलमी स्मार्टफोनको टीयुभी गुणस्तर स्टान्डर्ड निर्धारण


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्मार्टफोन ब्राण्ड रियलमीले आफ्ना नयाँ प्रयोगकर्ताका लागि स्मार्टफोन गुणस्तर स्टान्डर्डको अनावरण गरेको छ ।

रियलमीले टीयुभी रियनल्याण्डसँग सहकार्य गरेर ३ वर्षको चक्रीयअनुभवमाआधारित रहिसंयुक्त रुपमा टीयुभी रियनल्याण्ड उच्चविश्वसनीय गुणस्तरको स्मार्टफोन प्रमाणपत्र निर्धारण गरेको हो । उक्त प्रमाणपत्र पाउने पहिलो मोबाइलफोन रियलमी सी २१/२५ बनेको छ ।

रियलमीले टीयुभी रियनल्याण्ड गुणस्तर स्टान्डर्ड मानकनिर्धारण

रियलमीले टीयुभी रियनल्याण्डसँग गुणस्तर नियन्त्रण प्रक्रियालाई उपल्लो चरणमा पुगाउने उद्देश्यका साथ उच्चविश्वसनीय प्रमाणपत्रकालागि काम गरिरहेको छ । रियलमी नै उच्च विश्वसनीय टीयुभी रियनल्याण्ड प्रमाण पत्र पाउने विश्वको पहिलो स्मार्टफोन ब्राण्ड बनेको छ ।

यसले गुणस्तर स्टान्डर्ड मानक निर्धारणका लागि गुणस्तर नियन्त्रण र सबै स्मार्टफोनको पूर्ण परीक्षण गर्दछ ।

टीयुभी रियनल्याण्ड गुणस्तर प्रमाणपत्र

रियलमी र टीयुभी रियनल्याण्ड कम्पनीले संयुक्त रुपमा ८ महिनासम्म विस्तृत अध्ययन गरेपश्चात् टीयुभी रियनल्याण्ड उच्च विश्वसनीय स्मार्टफोन प्रमाणपत्रका रुपमा निर्धारण गरेको हो, जसले विश्वका ठूला स्मार्टफोन उद्योगमा गुणस्तर मानकको रुपमा काम गर्ने प्रक्षेपण गरिएको छ ।

टीयुभी रियनल्याण्ड उच्च गुणस्तरीय स्मार्टफोन प्रमाणपत्रले स्मार्टफोनका मुख्य २३ वटा जाँचको प्रक्रिया समेट्दछ, जसअन्तर्गत १० परीक्षण दैनिक प्रयोग परिस्थितिहरु जस्तै खस्ने, टिकाउपन र टुटफुट सहिततापक्रम, आद्रता, भोल्टेज उतारचढाव, हावाको चाप, बटन लाइफ, स्थिर बिजुली गरी ७ चरम वातावरणीय परिदृश्यहरुमाआधारित परिक्षण र ६ वटा पुर्जाको विश्वसनीयतामाआधारित परिक्षण हुन्छन् ।

निकट भविष्यमा पूर्ण स्वचालित स्मार्ट कारखानाको लक्ष्य

उच्च गुणस्तरीय उत्पादनका लागि प्रमुख विशेषता स्थिरता हो । रियलमीले निकट भविष्यमै पूर्ण स्वचालित स्मार्ट कारखानाको लक्ष्य राखि सोहीअनुसार लगानी गरिरहेको छ । यसबाट स्मार्टफोनको जटिल उत्पादनप्रक्रियाको दक्षता र शुद्धतामा सुधार गर्न सकिने विश्वास कम्पनीको छ ।

एउटा उदाहरण स्वरुप एसएमटी उत्पादनलाइनमा स्वचातिल उत्पादन हुने गर्छ, जहाँ उक्त यन्त्रबाट पीसीबी मदरबोर्डमा पुर्जाहरु आफै जिम्मेदारी पूर्वक जडान गरिन्छ । तत्काल सञ्चालनमाआइरहेको उक्त उद्योगको स्वचालन दर ८७.५ प्रतिशतसम्म रहेको छ, जुन कम्पनीको उद्योग स्टान्डर्ड भन्दा उच्च भएको दाबी गरिएको छ ।

वर्तमानमा रियलमीको उक्त स्वचालित स्मार्ट कारखानाले प्रतिवर्ष ६ करोड उपकरणहरुको उत्पादन गर्दै आएको छ ।

डिजिटल प्रयोगकालागि गुणस्तरीय डिजाइन

युवापिढीको प्रयोग विधि जस्तै यात्रा र कठोर बाह्य खेलकुदलगायतका परिदृश्यलाई प्राथमिकतामा राख्दै रियलमीले वातावरणीय अवस्था अन्तरगत परीक्षणहरु गर्ने गरेको छ ।

स्केटबोडिङ र पार्कआवर जस्ता लोकप्रिय बाह्य खेलमा फोन खस्ने दुर्घटना क्रमप्रतिरोध गर्न मोबाइल फोन १.८ मिटरसम्मको उचाइबाट खस्दा विभिन्न साइडबाट सुरक्षाकालागि विशेष आक्रामक जाँचहरु गरिएको छ ।

यात्रा अन्तरगत बाह्य वातावरणीय तापक्रम माइनस ४० डिग्री सेल्सियसदेखि ७५ डिग्री सेल्सियससम्म पनि रियलमीको उत्पादनको क्षमतामा कुनै ह्रास नआई चलिरहने कम्पनीको दाबी छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १२ : ४९ बजे

कांग्रेसको प्रदेश सम्मेलन तालिका सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेसले देशभर प्रदेशस्तरीय सम्मेलन आयोजना गर्ने तालिका सार्वजनिक

ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन

खेल क्षेत्रमा चुनौती-अवसर दुवै छ, काम गरेर देखाउनुपर्छ : मन्त्री पोखरेल

काठमाडौं– युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा

प्रधानमन्त्रीको अफिसियल फोटोमा पनि कालो चस्मा

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको अफिसियल्ली फोटो सार्वजनिक गरिएको छ ।

मध्य इरानमा सैन्य स्थलमा आक्रमण

तेहरान– मध्य इरानको इस्फहान प्रान्तमा केही सैन्य स्थलमा आक्रमण हुँदा