कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको अवधि बढाउने (भिडियोसहित) | Khabarhub Khabarhub

कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको अवधि बढाउने (भिडियोसहित)


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि बढाउने विषयमा छलफल शुरु गरेको छ ।

केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि बढाउने विषयमा कांग्रेसले छलफल गरेको हो ।

पार्टी कार्यालय सानेपामा पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा धेरै जिल्लामा क्रियाशील सदस्यता नवीकरण र वितरण नसकिएकाले यसको अवधि बढाउने बिषयमा छलफल भएको हो ।

हेरौँ भिडियो

यसअघि कांग्रसले क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि चैत मसान्तसम्म कायम गर्ने निर्णय गरेको थियो । तर थप गरिएको समयमा पनि उक्त काम सम्पन्न नभएकाले यसलाई थप गर्ने विषयमा बैठकमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

महाधिवेशनको कार्यतालिकालाई असर नपर्ने गरि सदस्यता वितरण र नवीकरणको अवधि बढ्न सक्ने उनले बताए । पदाधिकारीको प्रस्ताव सोमबार बस्ने पार्टीको केन्द्रीय समितिको बैठकमा लगिने उनले बताए ।

कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि अन्य दलहसंग छलफल भएकाले माओवादी र जसपाले पार्टीभित्र छलफल गरेपछि पुनः उनीहरुसँग छलफल गरिने जानकारी प्रवक्ता शर्माले दिए ।

आफ्नै नेतृत्वमा सरकार गठनका लागि यसअघि कांग्रेस माओवादी र जसपासँग सयुक्त छलफल गरेको थियो । आइतबारको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भने सहभागी भएका थिएनन् ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ७ : २२ बजे

काभ्रे अदालतद्वारा ९२ प्रतिशत मुद्दा फछर्यौट

काभ्रेपलाञ्चोक– जिल्ला अदालतद्वारा बितेको आर्थिक वर्ष २०८१-८२ मा ९१ दशमलव

करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ– केराबारी गाउँपालोका-८ आमजुगीस्थित माहादेव क्रसरमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर गोरखा

श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि

काठमाडौं – श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरिएको छ । न्यूनतम

भूमिसम्बन्धी विधेयकमा एमालेको एकलौटी स्वीकार्य हुँदैन : डा. महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भूमिसम्बन्धी केही नेपाल

किन लगाउने साउनमा हरियो चुरा र मेहेन्दी ?

काठमाडौं– श्रावण महिनालाई भगवान् शिवको महिनाका रूपमा मानिँदै आइएको छ