मुख्यमन्त्री राईले गरे अग्नि पीडितलाई सहयोग « Khabarhub

मुख्यमन्त्री राईले गरे अग्नि पीडितलाई सहयोग


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर – प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले भोजपुरका अग्नि पीडितलाई राहत वितरण गरेका छन् । मुख्यमन्त्री राईले हतुवागढी गाउँपालिका वडा–८ पात्लेपानी खुकैलाका आगलागी पीडितलाईे आर्थिकसहित अन्य आवश्यक सामग्री सहयोग गरेका हुन् ।

मुख्यमन्त्री राईले आगलागी पीडितलाई प्रतिपरिवार ५० हजार नगद, टेन्ट, कपडा र आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराएका छन् ।

सुख्खा मौसमका कारण सामुदायिक वनमा लागेको डढेलो हावाले उडाएर बस्तीमा ल्याउँदा आगलागी भएको थियो ।

आगलागीबाट हतुवागढी गाउँपालिका–८ का अर्जुन, कञ्चन, भीमबहादुर र शान्तकुमारीको घर तथा कालिबहादुर राईको गोठ जलेर पूर्णरुपमा नष्ट भएको थियो । आगलागीबाट करिब रु ३१ लाख बराबरको क्षति भएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ७ : ४९ बजे

रास्वपा महिला सांसदको एउटै आवाज- खगेन्द्र सुनारलाई बहिष्कार गर्छौ 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका

बेलायत भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति सिग्देल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी