देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना « Khabarhub

देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका भू-भागहरुमा सामान्य बदली रहेको तथा बाँकी भू-भागहरुमा आंशिक वदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका अधिकांश भू-भागहरुमा सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बुधबार भारी वर्षाको सम्भावना रहेको तथा बिहीबार मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

वैशाख २८ गते (मंगलबार)

दिउँसो:  देशका अधिकांश भू-भागहरुमा सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशका अधिकांश भू-भागहरुमा सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

वैशाख २९ गते (बुधबार)

दिउँसो:  देशको पहाडी भू-भागहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशका अधिकांश भू-भागहरुमा सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, वाग्मति प्रदेशका तराईका भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

वैशाख ३० गते (बिहीबार)

दिउँसो:  देशभर सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य र बाँकी भू-भागहरुमा आंशिक बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ७ : ५५ बजे

ओलीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै राधिका शाक्य सर्वोच्च जाँदै

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण