यसकारण भारतमा रोकियो जेम्स बोण्डको ‘स्काइफल’ सुटिङ | Khabarhub Khabarhub

यसकारण भारतमा रोकियो जेम्स बोण्डको ‘स्काइफल’ सुटिङ


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– जेम्स बोण्ड सिरिजका फिल्म संसारकै लोकप्रिय फिल्ममा गनिन्छ । एक्सन एडभेञ्चर फ्रेञ्चाइजीको यो फिल्म नहेर्ने सायद कोही नहोलान् ।

हलिउड रिपोर्टरका अनुसार जेम्स बोण्डको ‘स्काइफल’ भारतमा सुटिङ हुने तयारीमा थियो । सन् २०१२ मा रिलिज यो फिल्मको केही दृश्य भारतमा सुटिङ गरिने अन्तिम तयारी भइरहेको थियो ।

तर भारतको रेल मन्त्रालयले राखेको शर्तका कारण फिल्मका निर्माताले भारतमा सुटिङ गर्ने सबै योजना रद्द गरिदिए ।

रेलवेका पूर्व मन्त्री दिनेश त्रिवेदीले बोण्ड फिल्मका निर्माता समक्ष तीन बुँदे शर्त राखेका थिए । जसमा एक शर्त जेम्स बोण्डको भूमिका निभाउने अभिनेता डेनियल क्रेगले भारतीय रेलवेको प्रचार गर्नुपर्ने थियो ।

‘मैले उनीहरुसमक्ष तीनवटा शर्त राखेको थिएँ । पहिलो शर्तमा उनीहरुले फिल्ममा भारतमा रेल यात्रीहरु रेलमाथि चढेर पनि यात्रा गर्छन् भनेर देखाउन नपाइने थियो । दोस्रो शर्तमा सुटिङको समयमा कुनै पनि प्रकारको सुरक्षासँग सम्झौता नगरिने थियो । तेस्रो शर्त चाहिँ जेम्स बोण्ड भारतीय रेलवेको ब्राण्ड एम्बेसडर हुनुपर्ने थियो’, उनले भनेका छन् ।

त्रिवेदीका अनुसार तेस्रो शर्तमा जेम्स बोण्ड अचम्मित भएका थिए । ‘तेस्रो शर्त जोसमा राखिएको थियो । यसमा जेम्स बोण्डले भारतीय रेलव जेम्स बोण्डभन्दा शक्तिशाली रहको छ भनेका थिए’, त्रिवेदीले सम्झिएका छन् ।

फिल्मका निर्माता दोस्रो र तेस्रो शर्त मान्न तयार थिए । तर उनीहरु पहिलो शर्तमा असमर्थ देखिए । ‘फिल्ममा जेम्स बोण्डले ट्रेनको छतमा चढेर फाइट खेल्नुपर्ने एक दृश्य छ । तर छत नै देखाउन नमिल्ने भएपछि किन भारत आउने भन्ने उनीहरुको भनाई थियो’, त्रिवेदी भन्छन् ।

भारतमा सुटिङ गरिने भनिएको बोण्ड फिल्म अन्ततः टर्कीमा गरिएको थियो । बजारमा पछ्याउने सिक्वेन्स इस्तानबुलमा सुटिङ गरिएको थियो ।

जेम्स बोण्ड फिल्मको इतिहासमा ‘स्काइफल’ ले सबैभन्दा राम्रो समीक्षा पाएको थियो । यो सिरिजको सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ११ : ३५ बजे

इरानमाथि पुनः परमाणु प्रतिबन्ध लगाउने प्रस्तावको रुसद्वारा आलोचना

मस्को – रुसले शनिबार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा इरानको आणविक

यस्तो छ विभिन्न देशका लागि दसैँको टीका लगाउने साइत

काठमाडौं – अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको

भक्तपुरमा १७ दिने दसैँ व्यापार मेला सुरु

भक्तपुर– भक्तपुर नगरपालिका-७ को महेश्वरी खेल मैदानमा आजदेखि दोस्रो भक्तपुर

स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य, यस्तो छ अवस्था (तस्बिरहरू)

काठमाडौं– भदौ २४ गते जेन जी आन्दोलनको दोश्रो दिन आन्दोलनकारीहरूले

हुम्लामा आउन छोडे चिनियाँ च्याङ्ग्रा, खसीको मूल्य आकासियो

सिमकोट– कोरोना सङ्क्रमण भएपछि सदरमुकाम सिमकोटसहित हुम्लाभरि चिनियाँ च्याङ्ग्रा आउन