मन शान्त बनाउन वास्तुका तीन टिप्स « Khabarhub

मन शान्त बनाउन वास्तुका तीन टिप्स


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एनर्जी अर्थात ऊर्जा दुई प्रकारको हुने गर्दछ – सकारात्मक र नकारात्मक । यसले व्यक्ति होस् वा भवन दुबैमा नाम अनुसारको प्रभाव पार्दछ । घरमा सकारात्मक उर्जा सञ्चार भए घरमा सुख–शान्ति र समृद्धि आउने मान्यता छ भने नकारात्मक ऊर्जा प्रवेश भए लगातार समस्याहरु आउने मान्यता छ ।

नकारात्मक ऊर्जा भनेको भूत–प्रेत होइन घरमा वास्तु दोष हो । जसले घरमा झगडा निम्याउने, खुशी भंग हुने र धनको अभाव हुने गर्दछ । जसको समाधानको पहल नभएमा समस्या झन् झन् बढ्दै जान्छ । यसकालागि निम्न केहि उपाय उपयोगी हुने गर्दछ ।

१. घरको मुख्यद्वार जहाँबाट घर प्रवेश गरिन्छ त्यो सधै सफा हुनु पर्दछ । साथै त्यो भन्दा बाहिर र भित्र पनि सफा भएमा नकारात्मक ऊर्जा घरमा प्रवेश गर्न पाउँदैन ।

२. बिहीबार बाहेक अन्य दिनमा घर पुछ्दा पानीमा नुन हालेर पुछेमा घरको नकारात्मक ऊर्जा नष्ट हुने वास्तुको मान्यता छ ।

३. घर भित्र पूजापाठ गर्दा पनि नकारात्मक ऊर्जा नष्ट हुने गर्दछ । यस क्रममा हरेक साँझ बिहान दियो बालेमा र शुभ तिथिमा सत्यनारायणको कथा पाठ गरेमा पनि लाभ मिल्दछ ।

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ९ : ४४ बजे

डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै

काठमाडौं– डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै गएको छ । वित्तीय

गोसाइँकुण्ड मेला व्यवस्थापन तयारी सुरु

रसुवा– जनैपूर्णिमाका दिन पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष लाग्ने धार्मिक

नेपाल–अष्ट्रेलिया सहकार्यलाई थप परिणाममुखी बनाउन मन्त्री बादीको जोड

काठमाडौं- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता

संसद्‌ सुरु हुनेबित्तिकै विपक्षीको विरोध

काठमाडौं – प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग

संसद् बैठकअघि सभामुखले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता