एकैदिन तीन फिल्ममा व्यस्त हुन्थे सलमान « Khabarhub

एकैदिन तीन फिल्ममा व्यस्त हुन्थे सलमान


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सन् ९० को दशकमा कलाकारका लागि एक दिनमा चारवटासम्म फिल्मको सुटिङ गर्नु सामान्य थियो । त्यो समयमा अभिनय गर्ने कलाकारलाई अहिले त्यो बेलाको कामको बारेमा प्रश्न सोध्ने हो भने उनीहरु धक नमानी उत्तर दिन्छन् ।

कतिपय कलाकारलाई त आफूले कुन फिल्मको सुटिङ गरिरहेको छु भन्नेसम्म थाहा हुँदैन थियो । अभिनेता सलमान खान आफ्नो फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’को प्रचारप्रसारमा व्यस्त छन् ।

बलिउड हंगामाका अनुसार सलमानले फिल्मको प्रमोसनको समयमा हालै केही सीमित पत्रकारमाझ अन्तरक्रिया गरेका थिए । पत्रकारमाझ उनले आफूले एकदिनमा धेरैवटा फिल्मको सुटिङ सेटमा सट दिएको स्मरण गरे ।

सलमानले आफूसँग राम्रो स्मरण नरहेको बताउदै अभिनय गरेका कतिपय फिल्मको दृश्य र गीतसमेत बिर्सिएको सुनाए ।

‘कहिलेकाँही मेरै फिल्ममा पनि कसले संगीत भरेको र गीत गाएको हो भन्ने बिर्सन्छु । कुनै ठाउँमा सुटिङ गरेर फर्किएपछि फेरी त्यही ठाउँमा पुगें भने पनि ‘ओहो मैले यहाँ सुटिङ गरेको थिएँ है’ भन्ने कुरा बिर्सन्छु’, उनले भनेका छन् ।

सलमानले आफूले एकै दिन तीन फिल्म ‘हम दिल दे चुके सनम’, ‘बिवी नम्बर १’ र ‘कुछ कुछ होता हे’मा सुटिङ सट दिएको स्मरण गरे । ‘बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म ‘हम दिल दे चुके सनम’, साँझ ७ बजेदेखि मध्यरातको १२ बजेसम्म ‘बिवी नम्बर १’मा र बिहानको एक बजेदेखि ६ बजेसम्म ‘कुछ कुछ होता हे’को सेटमा थिएँ’, सलमानले स्मरण गरेका छन् । यी तिनै फिल्म बक्सअफिसमा सुपरहिट छन् ।

आराम र सुताइको अभावले सलमानलाई निकै समस्या भएको थियो । उनका अनुसार एकैदिनमा तीन फिल्मको काम गर्दा उनले आफूलाई ‘अति नै भयो’ भनेका थिए ।

‘तर त्यसको अर्थ म एक सिफ्टमा मात्र काम गर्छु भन्ने होइन । अहिले पनि म १८ घण्टा काम गर्छु । म काम गरिरहेको छैन र म बसेर कुरा गरिरहेको छु अथवा हुनसक्छ म पिइरहेको छु, त्यो समयमा मेरो ध्यान बिइङ ह्युमनतिर नै हुन्छ । मलाई लाग्छ म पृथ्वीको सबैभन्दा निरस मानिस हुँ’, उनले भनेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १२ : ५० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा