एकैदिन तीन फिल्ममा व्यस्त हुन्थे सलमान « Khabarhub

एकैदिन तीन फिल्ममा व्यस्त हुन्थे सलमान


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सन् ९० को दशकमा कलाकारका लागि एक दिनमा चारवटासम्म फिल्मको सुटिङ गर्नु सामान्य थियो । त्यो समयमा अभिनय गर्ने कलाकारलाई अहिले त्यो बेलाको कामको बारेमा प्रश्न सोध्ने हो भने उनीहरु धक नमानी उत्तर दिन्छन् ।

कतिपय कलाकारलाई त आफूले कुन फिल्मको सुटिङ गरिरहेको छु भन्नेसम्म थाहा हुँदैन थियो । अभिनेता सलमान खान आफ्नो फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’को प्रचारप्रसारमा व्यस्त छन् ।

बलिउड हंगामाका अनुसार सलमानले फिल्मको प्रमोसनको समयमा हालै केही सीमित पत्रकारमाझ अन्तरक्रिया गरेका थिए । पत्रकारमाझ उनले आफूले एकदिनमा धेरैवटा फिल्मको सुटिङ सेटमा सट दिएको स्मरण गरे ।

सलमानले आफूसँग राम्रो स्मरण नरहेको बताउदै अभिनय गरेका कतिपय फिल्मको दृश्य र गीतसमेत बिर्सिएको सुनाए ।

‘कहिलेकाँही मेरै फिल्ममा पनि कसले संगीत भरेको र गीत गाएको हो भन्ने बिर्सन्छु । कुनै ठाउँमा सुटिङ गरेर फर्किएपछि फेरी त्यही ठाउँमा पुगें भने पनि ‘ओहो मैले यहाँ सुटिङ गरेको थिएँ है’ भन्ने कुरा बिर्सन्छु’, उनले भनेका छन् ।

सलमानले आफूले एकै दिन तीन फिल्म ‘हम दिल दे चुके सनम’, ‘बिवी नम्बर १’ र ‘कुछ कुछ होता हे’मा सुटिङ सट दिएको स्मरण गरे । ‘बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म ‘हम दिल दे चुके सनम’, साँझ ७ बजेदेखि मध्यरातको १२ बजेसम्म ‘बिवी नम्बर १’मा र बिहानको एक बजेदेखि ६ बजेसम्म ‘कुछ कुछ होता हे’को सेटमा थिएँ’, सलमानले स्मरण गरेका छन् । यी तिनै फिल्म बक्सअफिसमा सुपरहिट छन् ।

आराम र सुताइको अभावले सलमानलाई निकै समस्या भएको थियो । उनका अनुसार एकैदिनमा तीन फिल्मको काम गर्दा उनले आफूलाई ‘अति नै भयो’ भनेका थिए ।

‘तर त्यसको अर्थ म एक सिफ्टमा मात्र काम गर्छु भन्ने होइन । अहिले पनि म १८ घण्टा काम गर्छु । म काम गरिरहेको छैन र म बसेर कुरा गरिरहेको छु अथवा हुनसक्छ म पिइरहेको छु, त्यो समयमा मेरो ध्यान बिइङ ह्युमनतिर नै हुन्छ । मलाई लाग्छ म पृथ्वीको सबैभन्दा निरस मानिस हुँ’, उनले भनेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १२ : ५० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको