काठमाडौँ उपत्यकाको निषेधाज्ञा दुई साता थप, अझै कडाइ गरिने « Khabarhub

काठमाडौँ उपत्यकाको निषेधाज्ञा दुई साता थप, अझै कडाइ गरिने


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न जारी भएको निषेधाज्ञा दुई साता थप हुने भएको छ ।

अब काठमाडौँमा आगामी जेठ १३ गतेसम्म निषेधाज्ञा जारी हुनेछ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको अवधि दुई साता थप गर्दै आगामी जेठ १३ गतेसम्म जारी गर्ने निर्णय गरेको हो ।

थप भएको निषेधाज्ञामा अझै कडाइ गरिने भएको छ ।

बैठकमा सहभागी एक प्रमुख जिल्ला अधिकारीका अनुसार निर्णयमा चाँडै हस्ताक्षर गरेर सार्वजनिक गरिनेछ ।

यसअघि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले थप दुई साता निषेधाज्ञा गर्न सिफारिस गरिसकेको थियो। त्यस्तै काठमाडौँ उपत्यकाभित्रका मेयरहरुले पनि थप १५ दिने निषेधाज्ञा गर्न सुझाव दिएका थिए ।

दोस्रो भेरियन्टसहितको कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १ : ४१ बजे

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप उद्घाटनमा साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

काठमाडौँ – विश्व फुटबल इतिहासमै पहिलोपटक तीन देश (अमेरिका, क्यानडा