कंगनाबाट टाढिँदै ब्राण्ड कम्पनी « Khabarhub

कंगनाबाट टाढिँदै ब्राण्ड कम्पनी


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– पछिल्ला दुई वर्षमा अभिनेत्री कंगना रनावतले जति चर्चा बटुलेकी छिन्, त्यो चर्चा काम भन्दा पनि बढी विवादसँग सम्बन्धित छ ।

एनआरसी–सीसीएदेखि लिएर किसान आन्दोलन र बंगाल चुनावपछि भएको हिंसामा आफ्नो बेतुक बोलीले उनलाई विवादको घेरामा पार्दै आएको छ । यही विवादले उनको करियरमा त असर परेको छ नै, उनीसँग सहकार्य गरेका ब्राण्डले पनि हात झिकिरहेका छन् ।

दैनिक भास्करका अनुसार कुनै समय कंगनासँग कैयौं ब्राण्ड इन्डोर्समेन्ट थिए । तर अहिले ती नभएसमान बनेका छन् । एक किसिमले भन्नुपर्दा ब्राण्ड कंगनाको मूल्यवान ग्ल्यामरको दुनियाँमा ओरालो लागेको छ ।

चार नेशनल अवार्ड र पद्म पुरस्कार जितेकी कंगनाले आफ्नो कामका कारण सबैलाई चकित बनाएकी छन् । तर बजार विज्ञका कुरालाई आधार मान्ने हो भने उनको ब्राण्ड भ्यालूमा गिरावट आउनुमा कंगना स्वयं जिम्मेवार छिन् ।

उनका हरेक विषयमा बेतुक भनाई र उद्योगका व्यक्तिविरुद्धको बोलीले अधिकांश ब्राण्डेड कम्पनीले उनीसँग सम्बन्ध तोडेका छन् ।

कंगनाले जसरी फिल्ममा अलग अलग भूमिका निभाएकी छन्, यस्तै विविधता उनले गरेका ब्राण्ड इन्डोर्समेन्टमा देख्न सकिन्थ्यो । रिबोक जुत्ताको ब्राण्डमा उनको ‘रफ एण्ड टफ’ पहिचान खुल्थ्यो, नक्षत्र ज्वेलरीमा उनको सौन्दर्यको चमक नै अर्को हुन्थ्यो ।

आस्क मी ग्रोसरीको विज्ञापनमा उनी ‘गर्ल नेक्स्ट डोर’को पहिचानमा देखिन्थिइन् । टाइटन आइप्लसमा आफ्नो फेसन च्वाइस प्रदर्शन गरिरहन्थिइन् ।

लिवोन सिरप र बजाज अमण्ड ड्रप तेलबाट उनी कपाललाई चम्काउथिइन् । स्वच्छ भारत अभियानमा लक्ष्मीको स्वरुपमा आम नागरिकलाई आफ्नो वरपरको वातावरण सफा प्रोत्साहन गर्थिन् ।

यसबाहेक कंगना वायला ज्वेलरी, वेरो मोडा फेशन ब्राण्ड, लो मेन पीजी थ्री, मिन्त्रा र हिमाञ्चल प्रदेश पर्यटनका लागि पनि प्रवद्र्धन गर्थिन् ।

कंगनाले एक अन्तरवार्तामा किसान आन्दोलनविरुद्ध आफ्नो धारणा व्यक्त गरेपछि आफूले १५ करोड रुपैंयाँको ब्राण्ड प्रवद्र्धन गुमाउनु परेको स्वीकारेकी थिइन् । हाल कंगनासँग लिवा फेब्रिक र मुम्बईको एक बिल्डिङ निर्माण समूह प्लेटिनमका लागि ब्राण्ड प्रवद्र्धनबाहेक अरु कुनै ब्राण्ड छैनन् ।

अन्तर्राष्ट्रिय फर्म डफ एण्ड फेल्प्सले तीन महिना अघि ब्राण्ड भ्यालुको हिसाबले भारतको उत्कृष्ट २० सेलिब्रेटीको एक सूची जारी गरेको थियो । यसमा पाँच करोडको ब्राण्ड भ्यालूका साथ दीपिका पाँचौं स्थानमा थिइन् ।

त्यस्तै आलिया छैटौं, अनुष्का १३ औं, प्रियंका १९ औं स्थानमा थिइन् । जबकी कंगना यसमा अटिनन् ।

कंगना एउटा ब्राण्डको प्रचार गर्नुपर्दा एक इभेन्टका लागि न्यूनतम २५ लाख पारिश्रमिक लिन्छिन् । उनी कुन स्थानमा गएर प्रचार गर्नुपर्ने हो, त्यो आधारमा आफ्नो पारिश्रमिक निर्धारण गर्छिन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ५ : २५ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा