कंगनाबाट टाढिँदै ब्राण्ड कम्पनी « Khabarhub

कंगनाबाट टाढिँदै ब्राण्ड कम्पनी


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– पछिल्ला दुई वर्षमा अभिनेत्री कंगना रनावतले जति चर्चा बटुलेकी छिन्, त्यो चर्चा काम भन्दा पनि बढी विवादसँग सम्बन्धित छ ।

एनआरसी–सीसीएदेखि लिएर किसान आन्दोलन र बंगाल चुनावपछि भएको हिंसामा आफ्नो बेतुक बोलीले उनलाई विवादको घेरामा पार्दै आएको छ । यही विवादले उनको करियरमा त असर परेको छ नै, उनीसँग सहकार्य गरेका ब्राण्डले पनि हात झिकिरहेका छन् ।

दैनिक भास्करका अनुसार कुनै समय कंगनासँग कैयौं ब्राण्ड इन्डोर्समेन्ट थिए । तर अहिले ती नभएसमान बनेका छन् । एक किसिमले भन्नुपर्दा ब्राण्ड कंगनाको मूल्यवान ग्ल्यामरको दुनियाँमा ओरालो लागेको छ ।

चार नेशनल अवार्ड र पद्म पुरस्कार जितेकी कंगनाले आफ्नो कामका कारण सबैलाई चकित बनाएकी छन् । तर बजार विज्ञका कुरालाई आधार मान्ने हो भने उनको ब्राण्ड भ्यालूमा गिरावट आउनुमा कंगना स्वयं जिम्मेवार छिन् ।

उनका हरेक विषयमा बेतुक भनाई र उद्योगका व्यक्तिविरुद्धको बोलीले अधिकांश ब्राण्डेड कम्पनीले उनीसँग सम्बन्ध तोडेका छन् ।

कंगनाले जसरी फिल्ममा अलग अलग भूमिका निभाएकी छन्, यस्तै विविधता उनले गरेका ब्राण्ड इन्डोर्समेन्टमा देख्न सकिन्थ्यो । रिबोक जुत्ताको ब्राण्डमा उनको ‘रफ एण्ड टफ’ पहिचान खुल्थ्यो, नक्षत्र ज्वेलरीमा उनको सौन्दर्यको चमक नै अर्को हुन्थ्यो ।

आस्क मी ग्रोसरीको विज्ञापनमा उनी ‘गर्ल नेक्स्ट डोर’को पहिचानमा देखिन्थिइन् । टाइटन आइप्लसमा आफ्नो फेसन च्वाइस प्रदर्शन गरिरहन्थिइन् ।

लिवोन सिरप र बजाज अमण्ड ड्रप तेलबाट उनी कपाललाई चम्काउथिइन् । स्वच्छ भारत अभियानमा लक्ष्मीको स्वरुपमा आम नागरिकलाई आफ्नो वरपरको वातावरण सफा प्रोत्साहन गर्थिन् ।

यसबाहेक कंगना वायला ज्वेलरी, वेरो मोडा फेशन ब्राण्ड, लो मेन पीजी थ्री, मिन्त्रा र हिमाञ्चल प्रदेश पर्यटनका लागि पनि प्रवद्र्धन गर्थिन् ।

कंगनाले एक अन्तरवार्तामा किसान आन्दोलनविरुद्ध आफ्नो धारणा व्यक्त गरेपछि आफूले १५ करोड रुपैंयाँको ब्राण्ड प्रवद्र्धन गुमाउनु परेको स्वीकारेकी थिइन् । हाल कंगनासँग लिवा फेब्रिक र मुम्बईको एक बिल्डिङ निर्माण समूह प्लेटिनमका लागि ब्राण्ड प्रवद्र्धनबाहेक अरु कुनै ब्राण्ड छैनन् ।

अन्तर्राष्ट्रिय फर्म डफ एण्ड फेल्प्सले तीन महिना अघि ब्राण्ड भ्यालुको हिसाबले भारतको उत्कृष्ट २० सेलिब्रेटीको एक सूची जारी गरेको थियो । यसमा पाँच करोडको ब्राण्ड भ्यालूका साथ दीपिका पाँचौं स्थानमा थिइन् ।

त्यस्तै आलिया छैटौं, अनुष्का १३ औं, प्रियंका १९ औं स्थानमा थिइन् । जबकी कंगना यसमा अटिनन् ।

कंगना एउटा ब्राण्डको प्रचार गर्नुपर्दा एक इभेन्टका लागि न्यूनतम २५ लाख पारिश्रमिक लिन्छिन् । उनी कुन स्थानमा गएर प्रचार गर्नुपर्ने हो, त्यो आधारमा आफ्नो पारिश्रमिक निर्धारण गर्छिन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ५ : २५ बजे

एमबीएस परीक्षाको प्रश्नपत्र व्हाट्सएपमा सार्वजनिक गर्ने एक जना पक्राउ

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम

भारतीय जेलमा रहेका नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले भारतको जेलमा रहेका दुई नेपाली किसानको

भारतले जिम्बाब्वेलाई दियो १९३ रनको लक्ष्य

काठमाडौं – युवा ब्याटर वैभव सूर्यवंशीको उत्कृष्ट ८१ रनको इनिङ्सको

कक्रोच आन्दोलनपछि भारतको राजनीति अब कता मोडिएला ?

काठमाडौं- भारतको राजनीतिमा विगत एक दशकभन्दा लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र